Dec 09, 2018
लेखनाथ, २३ मंसिर ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना र विभिन्न संघ सस्थाको सहयोग र सहभागितामा हुन लागेको १५ औं सस्करणको लेखनाथ महोत्सवका लागि स्थायी पास विक्रि आईतबार देखि खुल्ला भएको छ । 

महोत्सव लेखनाथको सस्कृति स्थानीय उत्पादन विकास र संवृद्धी भन्ने मूल नाराका साथ पुस ५ गतेदेखी १६ गतेसम्म पोखरा महानगरपालिकाको वडा नं. २७ डाडाँकोनाक तालचोकमा हुने महोत्सवका लागि १२ दिनका लागि एउटै पासले काम गर्ने गरि तयार पारिएको स्थायी पासको विक्री वितरण सुरु गरिएको संघका उपमहासचिव एंवम् प्रचार प्रसार संयोजक गोपिचन्द्र वास्तोलाले जानकारी दिएका छन् ।

फोटो सहितको स्थायी पासका लागि खरिद कर्ताले रु दुइ सय ५० मात्र तिरे हुने गरि ब्यवस्थापनका लागि लेखनाथ सामुदायिक सेवा केन्द्रले कामलाई अगाडी वढाएको सेवा केन्द्रका अध्यक्ष रमेश ओझाको भनाई रहेको छ ।

लेखनाथ महोत्सवको प्रबेश टिकट मु.अ.कर सहित साधारणका लागि रु ६० र विद्यार्थी सहुलियतमा रु ४० र रात्रि कन्र्सटका लागि रु १०० तिर्नु पर्ने ब्यबस्था भए पनि स्थायी पास बनाउन चाहानेले एक मुस्ठ रु दुई सय ५० तिरेपछि महोत्सव अबधिभर मेलाको अध्ययन अबलोकन गर्न पाउने ब्यवस्था मिलाईएको संघका बरिष्ठ उपाध्यक्ष बलराम ढकालले बताउछन् ।
लेखनाथ महोत्वसमा राखिएका बिभिन्न विधा अन्तरगत कबि शिरोमणिको सम्झनामा राखिएको खुल्ला कविता प्रतियोगितामा समावेश हुन पाउने अन्तिम मिति आज सोमबार ५ बजे सम्म रहेको र कविता बाचन प्रतियोगिता पुस २ गते लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा हुने जानकारी संयोजक नवराज अधिकारीले दिनुभएको छ ।

महोत्सवको पनि महोत्सवका रुपमा चिनिदै आएको लेखनाथ महोत्सव अन्तरगत राखिएका विद्यालय स्तरिय एकल नृत्य प्रतियोगिताको पहिलो अडिसन पनि पुस ३ गते र गण्डकी तारा ‟गायन” विधाको पहिलो चरणको छनोट कार्यक्रम पुस ४ गते र नै हुने प्रतियोगिताका संयोजक ऋषिराम जमरकट्टेल र उपेन्द्रराज सुवेदीले जानकारी दिएका छन् ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by