Nov 15, 2018
मुलुकको आर्थिक विषयवस्तु माथि निजी क्षेत्र र काँर्गेस बीच महासंघ सचिवालयमा छलफल (२०७५/०७/२९)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा सहित महासंघका पदाधिकारी र नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकासशरण महत सहित कांग्रेसका केन्द्रीय नेताहरू बीच आज महासंघ सचिवालय टेकूमा मुलुकको आर्थिक विषय वस्तु माथि छलफल भयो । मुलुकको आर्थिक विषय वस्तुमाथि निजी क्षेत्रसँग छलफल गर्न कांग्रेस नेताहरू महासंघ सचिवालयमा आउनु भएको हो । 

महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, महासंघको प्रदेश नम्वर ५ का अध्यक्ष गुणनिधि तिवारी, कार्यकारिणी समितिका सदस्यहरू सहभागी उक्त भेटवार्तामा मुलुकको विद्यमान आर्थिक तथा  लगानीको अवस्था, नीतिगत सुधार, उद्योग व्यवसायको वस्तुतथ्य, लगानी आकर्षण हुन नसक्नुका कारणहरू, उद्योग व्यवसाय क्षेत्रले भोग्नु परेका समस्या लगायतका विषयमा छलफल भयो । 

सो अवसरमा महासंघका अध्यक्ष राणाले कांग्रेसका पदाधिकारीहरूलाई महासंघ सचिवालयमा स्वागत गर्नुहुंदै निजी क्षेत्रको धारणा राख्नु भयो भने कांग्रेस नेता डा. महतले निजी क्षेत्रसँग छलफलका विषय वस्तुमाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी र वरिष्ठ कर्मचारीहरूको उपस्थिति थियो । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by