- Day-to-day Activities
- Press Release
- News Clippings
- Photo Archives
- Audio/Videos
- Notice/Announcements
- News feeds from Media
- FNCCI on Social Media
Releated Press Release
- लेखनाथ उद्योग वाणिज्य संघको कानुनी सचेतना कार्यक्रम सम्पन्न | February 16, 2019
- उद्यमीहरूद्वारा नेपालको एसएमइज (SMEs) को विकासमा ओइसीडीको सहयोगको अपेक्षा (२०७५/११/०२) | February 14, 2019
- नेउवामहासंघ/कृषि उद्यम केन्द्र र प्रदेश १ सरकार बीच सहमतीपत्रमा हस्ताक्षर (२०७५/१०/२९) | February 12, 2019
- दक्षिण एसियाली रोजगारदाता मञ्चको बैठक नयाँ दिल्लीमा नेपालमा लगानी गर्न महासंघका रोजगारदाता परिषदका सभापति ढकालको आग्रह (२०७५/१०/२८) | February 11, 2019
- रेष्टुरेन्ट तथा बारहरूमा लगाउंदै आएको सेवा शुल्क हटाएको सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघको धारणा (२०७५/१०/२२) | February 04, 2019
महासंघ र कतार उवासंघ बीच व्यवसायिक तथा लगानी विस्तारका लागि संयुक्त सहकार्यको प्रतिबद्धता (२०७५/०७/१५)
November 01, 2018

बैठकमा महासंघका उपाध्यक्ष एवं प्रतिनिधिमण्डलका सदस्य चन्द्र प्रसाद ढकाल र सदस्यहरू तथा कतार उवासंघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । सम्माननीय राष्ट्रपतिको कतारको औपचारिक भ्रमणका साथ अहिले कतारमा रहेको महासंघको प्रतिनिधिमण्डल विभिन्न महत्वपूर्ण व्यवसायिक भेटवार्तामा व्यस्त रहेको छ ।
व्यवसायिक भेटवार्तामा महासंघ र कतारउवासंघ बीच सन् २००५ मा सम्पन्न सहमतीका भावनालाई मनन गरी दुबै पक्षबाट आउने दिनमा आपसी व्यापार तथा व्यवसाय प्रवद्र्धनका क्षेत्रहरूलाई उजागर गरी कृषि, पर्यटन, उर्जा, पूर्वाधार विकास लगायतका क्षेत्रमा कार्य गर्न संयुक्त रूपमा अगाडि बढ्ने प्रतिवद्धता जनाइएको छ ।
बैठकमा महासंघका अध्यक्ष राणाले नेपाल–कतार व्यावसायिक सम्भाव्यता विषयमा प्रस्तुती दिनुहुँदै सम्माननीय राष्ट्रपतिज्यूबाट भएको कतारको औपचारिक भ्रमण तथा दुई पक्षीय व्यवसायिक भेटवार्ता दुवै देशको आर्थिक तथा व्यवसायिक सम्बन्ध विस्तारमा समेत अत्यन्त महत्वपूर्ण रहेको बताउनु भयो । अध्यक्ष राणाले नेपालमा कतारी लगानी आकर्षणका लागि कतार उवासंघबाट सहयोगको अपेक्षा समेत नेपाली निजी क्षेत्रले गरेको बताउनुहुँदै यस कार्यमा महासंघले संघसँग नियमित सम्पर्कमा रहेर कार्य गर्ने धारणा राख्नु भयो ।

महासंघका उपाध्यक्ष ढकालले दुवै देश बीच पर्यटन, बैक तथा वित्तिय लगायतका अन्य सम्भाव्य क्षेत्रहरुमा लगानी बढाउनु पर्नेमा जोड दिनु भयो । साथै उपाध्यक्ष ढकालले बैठकमा, कतार नेपालको प्रमुख रोजगार गन्तव्य समेत भएकाले कतारमा काम गरेर फर्केका उच्च शीप हासिल गरेका अनुभवी नेपालीहरूलाई समेत लक्ष्य गरी नेपालमा संयुक्त लगानी ल्याउन जोड दिनुभयो ।
त्यसअघि महासंघ प्रतिनिधिमण्डलको स्वागत गर्नुहुँदै कतार उवासंघका उपाध्यक्ष मोहम्मद अहमेद ट्वार अल– कवारी (Mohammed Ahmed Twar Al-Kawari, Vice Chairman of the QCCI) ले नेपाल उद्योग वाणिज्य महासंघ र कतार उद्योग वाणिज्य संघको संयुक्त सहयोगमा द्विपक्षीय व्यापार तथा व्यवसायिक अवसरहरू बढाउनु पर्ने धारणा राख्नु भयो । उपाध्यक्ष कवारीले व्यापार तथा लगानी विस्तारका क्षेत्रमा बढी भन्दा बढी प्रगति गर्न दुवै संस्थाहरूको प्रतिवद्धता तथा समयसमयमा व्यवसायिक प्रतिनिधिमण्डलको आदान प्रदान तथा सम्भावित क्षेत्रहरूमा संयुक्त लगानीको शुरूवात गर्नुपर्नेमा जोड दिनु भयो ।
बैठकमा महासंघका कार्यकारिणी समिति सदस्य हेमराज ढकाल, नेपाल अलैंची व्यवसायी संघका अध्यक्ष निर्मल भट्टराई, नेपाल ईन्सुरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारि अधिकृत बिजय बहादुर शाह र महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी सहभागी हुनुहुन्थ्यो ।
For more information please download : English Translation.pdf
© Copyright 2005-2019 . All Rights Reserved. FNCCI.