Oct 25, 2018

लेखनाथ, २०७५ कार्तिक ८ गते ।

लेखनाथ उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य सरोजराज अधिकारीको निधन प्रति संघले विहिवार शोक विज्ञप्ती मार्फत शोक प्रस्ताव पारित गरेको छ ।

कार्यसमितिको विहिबार बसेको बैठकले मनाङ भ्रमणको क्रममा लेक लागेर बुधवार भएको निधन प्रति गहिरो दुःख ब्यक्त गर्दै सोक सन्तप्त परिवार जनप्रति समबेदना प्रकट गरेको छ ।

संघका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा बसेको बैठकले अधिकारीको निधनले समाज र संघलाई अपुरणीय क्षती भएको निश्कर्ष निकाल्दै आफनो एक सफल, कर्मठ र कुशल युवा ब्यवसायीलाई गुमाउदा अत्यन्त मर्माहित भएको बताईएको छ ।

संघद्धारा प्रेशित सोक ब्यक्तव्यमा अधिकारीको सम्झनामा कार्तिक १७ गते शनिवार ११ औं दिनको पुण्य तिथीमा संघको सभा हलमा सोक सभा गर्ने निर्णय समेत गरेको छ । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by