Oct 28, 2018
म्याग्दी जिल्लाको भ्रमण  टोलिलाई उवासंघ-चितवनमा स्वागत

म्याग्दी भ्रमण बर्ष - २०७५ को लागि प्रचार प्रसार गर्नुका साथै अनुभव आदान प्रदान गर्ने उद्देश्यले  नेपालका विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन भ्रमणका लागि आएको म्याग्दी जिल्लाको प्रतिनिधिलाई मिति २०७५ कार्तिक १० गतेका दिन एक कार्यक्रमको आयोजना गरि स्वागत गरियो । उद्योग वाणिज्य संघ-चितवनको सभाकक्षमा आयोजना गरिएको उक्त कार्यक्रममा म्याग्दी जिल्लाका प्रतिनिधिहरुलाई स्वागत गर्दै संघका अध्यक्ष सहन लाल प्रधानले चितवन जिल्लालाई आफ्नो अध्ययन अवलोकनको मुख्य जिल्लाको रुपमा चयन गरि चितवन पाल्नु भएकोमा धन्यवाद ब्यक्त गर्नु भयो । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष प्रधानले नेपालको प्रमुख उद्योगको रुपमा रहेको पर्यटन उद्योग द्धारा नेपालको समृद्धीका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुनाले म्याग्दी जिल्लाको समग्र विकासमा म्याग्दी भ्रमण बर्ष २०७५ एक कोषे ढुंगा सावित हुने बताउंदै उक्त कार्यक्रमको सफलताको कामना गर्नु भएको थियो । म्याग्दी जिल्लाका उद्यमी व्यवसायी, बिभिन्न स्थानिय निकायका प्रमुख एवं पत्रकारहरुको नेतृत्व गरि आउनु भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष एवं म्याग्दी भ्रमण बर्षका मूल संयोजक उत्तम कुमार कर्माचार्यले उद्योग वाणिज्य संघ-चितवनले विगत लामो समय देखी पर्यटन क्षेत्रमा पुर्याएको योगदान महत्वपूर्ण रहेका बताउंदै सोहि कुरा बाट आफु अभिप्रेरित भई चितवन जिल्लामा आएको बताउनु भयो । सोहि कार्यक्रममा बोल्दै अध्यक्ष कर्माचार्यले म्याग्दी जिल्लामा अवस्थित बिभिन्न पर्यटकिय स्थलहरुको बारेमा जानकारी दिंदै चितवन जिल्ल्लाका उद्यमी व्यवसायीहरुलाई म्याग्दीको भ्रमण गरी कार्यक्रमलाई सफल पार्न सहयोग गर्न अनुरोध गर्नु भएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ-चितवनका कार्यकारी निर्देशक गौरव खतिवडाले संघका गतिविधिहरुको वारेमा प्रस्तुतीकरण गर्नु भएको थियो भने उद्योग वाणिज्य संघ-चितवनका प्रथम उपाध्यक्ष सुमन कुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो । म्याग्दी उद्योग वाणिज्य संघको संयोजकत्वमा आयोजना गरिएको म्याग्दी भ्रमण बर्ष-२०७५ को लागि प्रचार प्रसारमा आएको उक्त टोलीमा म्याग्दी उद्योग वाणिज्य संघका पदाधिकारी, म्याग्दी जिल्लाका स्थानिय निकायका प्रमुख एवं प्रतिनिधि, पत्रकार, पर्यटन परिषद्का प्रतिनिधि लगायत २६ जनाको सहभागिता रहेको उवासंघ-चितवनका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिनुभयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by