Sep 20, 2018
संविधान दिवसको उपलक्ष्यमा विरामीलाई फलफुल वितरण ।

संविधान दिवस २०७५ को अवसरमा उद्योग वाणिज्य संघ-चितवनले मिति २०७५ असोज ४ गतेका दिन बृद्ध तथा विरामीहरुलाई फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको छ । संविधान दिवस २०७५ को अवसरमा भरतपुर अस्पतालमा भर्ना भई उपचार गराइरहेका २२० जना विरामी तथा बृद्धहरुलाई फलफुल वितरण गरिएको हो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहन लाल प्रधानले संविधान दिवसको अवसरमा भर्ना भएका विरामीहरुलको सिध्र स्वास्थ्य लाभको कामना गर्दै फलफलु वितरण गर्नु भएको थियो । अस्पतालको बिभिन्न बिभागमा उपचार गराइरहेका विरामीहरु लाई केरा, स्याउ लगायतका ताजा फलफुल वितरण गरिएको हो । उद्योग वाणिज्य संघका अध्यक्ष सहन लाल प्रधानको नेतृत्वमामा भएको फलफलु वितरण कार्यक्रममा चितवन उद्योग संघको समेत सहभागिता रहेको थियो भने उद्योग वाणिज्य संघका पदाधिकारी , जिल्ला समन्वय समितिका पदाधिकारीहरु, उवासंघ-चितवनका कार्यसमिति सदस्यहरु लगायतको उपस्थित रहेको थियो । उद्योग वाणिज्य संघ-चितवनले संविधानसभाको अवसरमा मिति २०७५ असोज ३ गते सचिवालय एवम् संघको व्यवस्थापनमा संचालित चेम्वर गेष्ट हाउस र परिसरमा दिपावली कार्यक्रकमो समेत आयोजना गरिएको थियो भने उक्त दिपावली असोज ६ गते सम्म गरिने संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिनु भयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by