Sep 17, 2018

नेपालको औद्योगिक एवं वाणिज्य क्षेत्रको सर्वाङ्गिण विकास तथा विद्युत् क्षेत्रसँग प्रत्यक्ष संलग्न रहेका तथा यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण उद्योग, व्यवसाय एवम् पेसामा आबद्ध सबैलाई नगर, जिल्ला, क्षेत्रीय संघ एवम् एसोसियट सदस्य मार्फत सङ्गठित तुल्याई व्यावसायिक हकहितको संरक्षण एवम् संवद्र्धनको साथै उपभोक्ता समक्ष स्तरीय विद्युतीय सामाग्री र प्राविधिक सेवा सुलभ र सरल मूल्यमा आफ्ना सदस्यहरु मार्फत पु¥याउने उद्देश्यका साथ नेपाल विद्युतीय व्यवसायी महासंघ स्थापना भएको यहाँ समक्ष जानकारीका लागि अनुरोध  गर्दछौं ।

नेपाल भरमा १९ नगर÷जिल्ला संघ एवं ६४ एसोसिएट सदस्यहरु रहेको विद्युतीय व्यवसायीहरूको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघको नवौं वार्षिक साधारण सभा यही २०७५ साल भाद्र ३० गते शनिबारका दिन द फर्न रेसिडेन्सी प्लाटिनम होटल , रेडक्रस मार्ग, सोल्टीमोड,काठमाडौमा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय जगत् बहादुर सुनार (विश्वकर्मा) ज्यूको प्रमुख आतिथ्यता एवं महासंघका अध्यक्ष श्री तेज नारायण खरेलज्यूको अध्यक्षतामा भव्यताका साथ सु–सम्पन्न भयो । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by