Sep 13, 2018

नेपाल सरकार, रोजगारदाता र राष्ट्रिय  ट्रेड यूनियनहरूको लामो छलफल पश्चात सहमती भई नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ दफा १०६ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी २०७५ साउन १ गते देखि लागू हुने गरि न्यूनतम पारिश्रमिक निर्धारण गरेको हो । 

नयाँ निर्धारित न्यूनतम पारिश्रमिकको दर चिया बगान बाहेकका श्रमिकहरूका लागि तलव रू. ८,४५५/– र महंगी भत्ता रू. ४,९९५/– गरी जम्मा रू. १३,४५०/–(तेह्र हजार चारसय पचास) र चिया बगानमा काम गर्ने श्रमिकका लागि तलव रू. ६,४६९/– र महंगी भत्ता रू. ४,३१२/– गरी जम्मा रू. १०,७८१/– (दश हजार सातसय एकासी) कायम गरिएको छ ।

यो न्यूनतम पारिश्रमिक निर्धारण सबै श्रमिक कामदारको तलव र भत्ता बृद्धि नभई न्यूनतम पारिश्रमिक निर्धारण मात्र भएको सम्बन्धित सबैमा नेपाल उद्योग वाणिज्य महासंघ स्पष्ट गर्दछ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by