Sep 08, 2018
विश्व फिजियोथेरापी दिवसको अवसरमा उवासंघ-चितवनद्वारा फिजियोथेरापी सम्बन्धी सेमिनारको आयोजना

भाद्र २३, चितवन ।

विश्व फिजियोथेरापी दिवसको अवसरमा उद्योग वाणिज्य संघ-चितवन र फेजियोथेरापी एसोसियसन चितवनको संयुक्त आयोजनामा आज उद्योग वाणिज्य संघ-चितवनको सभाहलमा एक दिवसिय फिजियोथेरापी सेमिनार सम्पन्न भयो । उद्योगी व्यवसायी, उद्योग व्यवसाय तथा कार्यालयमा कार्यरत कर्मचारीहरुलाई आफ्नो कार्यक्षेत्रमा काम गर्दा आईपर्न सक्ने शारिरिक समस्याहरु तथा समस्याहरुको निराकरणका उपायहरु सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा संघका अध्यक्ष सहनलाल प्रधानले सवै पेशामा संलग्न व्यवसायी वा कर्मचारीहरु कुनैन कुनै रुपमा शारिरिक समस्याबाट पिडित भएको बताउंदै कतिपय रोगहरु आफ्नो खानापान, उठवस एवम् कार्यक्षेत्रमा संलग्न हुंदा पुर्याउनुपर्ने सावधानीहरु प्रति ध्यान दिन नसक्दा पनि हुनेहुनाले यस किसिमको कार्यक्रमले केहि हद सम्म भए पनि ज्ञान दिने धारणा ब्यक्त गर्नु भयो । कार्यक्रममा उपस्थित सहभागी एवम् सहजकर्ताहरुलाई स्वागत गर्दै अध्यक्ष प्रधानले रोग लागी उपचार गर्नुभन्दा रोग लाग्ननै नदिनुनै उत्तम उपाय हुने हुनाले शारिरिक अभ्यासबाट पनि कतिपय रोगहरु निको हुने हुनाले सवैले सक्रिय जिवन विताउनु पर्ने धारणा ब्यक्त गर्नु भयो । कार्यक्रममा आफ्नो धारणा राख्दै उद्योग वाणिज्य संघ-चितवनका विशिष्ट सदस्य डा. कृष्ण प्रसाद पौडेलले समग्र स्वास्थ्य जिवन बिताउनमा फिजियोथेरापीको महत्वपूर्ण भूमिका रहने हुनाले आम व्यक्तिहरुले यस प्रति ध्यान दिन आग्रह गर्नू भयो । कार्यक्रममा फिजियोथेरापीष्ट द्धय रवी कुमार गुप्ता र सञ्जय  कुमार शाहले कार्यपत्र पेश गर्नु भएको संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिनु भयो । उद्योग वाणिज्य संघ-चितवनका पदाधिकारी,कार्यसमिति सदस्य,कर्मचारी, बैंकर, बस्तुगत संघका अध्यक्ष लगायत ६० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा फिजियोथेरापी एसोसियसन चितवन शाखाका अध्यक्ष  सर्वण श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने सिएमसी चितवनकी सृष्टी श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रम उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by