Sep 01, 2018
लेखनाथ उवासंघद्वारा कर शिक्षा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

लेखनाथ १६, कास्की

पावरहाउस बजार व्यवस्थापन समितिको आयोजना एवं लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा एक दिने कर शिक्षा छलफल तथा अन्तरक्रिया कार्यक्रम शनिवार गणेश नेवाः खल गगनगौडामा सम्पन्न भयो ।

पावरहाउस बजार व्यवस्थापन समितिका अध्यक्ष पदमराज पौडेलको अध्यक्षतामा संचालन गरिएको कर शिक्षा छलफल तथा अन्तरक्रिया कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी, प्रथम उपाध्यक्ष छत्रधर आत्रेय, महासचिव भरतकुमार अधिकारीले साना ठुला सवै किसिमका व्यवसायहरु विधिवत रुपमा संचालन गरेर मात्र व्यवसाय गर्नुपर्ने र यथार्त आम्दानी तथा खर्च राखि लेखालाई चुस्त बनाउन सवै व्यवसायीहरुलाई अनुरोध गर्नुभएको थियो ।

कर प्रशिक्षण कार्यक्रममा व्यवसायीहरुले राखेका कर सम्वन्धी विभिन्न जिज्ञाषाहरुलाई आन्तरिक राजश्व कार्यालय पोखराका पुर्व कर अधिकृत रमानाथ पौडेल र कर सहयोगी संस्थाका निवर्तमान अध्यक्ष सुदिप अधिकारीले सहज ढङ्गले व्यवसायीहरुलाई कर सम्वन्धी प्रशिक्षण गराउनु भएको थियो ।

करिब १०५ जना पावरहाउस र गगनगौडाका उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका सल्लाहकार देवराज पन्थी, राजश्व परामर्श सभापति विक्रम कर्माचार्य, कार्यसमिति सदस्य रामजी पौडेल लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा पावरहाउस वजार व्यवस्थापन समितिका सल्लाहकार एवं लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य भरतराज ओझाले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by