Aug 30, 2018
लेखनाथ, १४ भदौ ।

लेखनाथ उद्योग वाणिज्य संघले कास्की जिल्लाका नवनियुक्त प्रमुख जिल्ला अधिकारी चक्रवहादुर बुढाको सम्मानमा विहिवार स्वागत तथा छलफल कार्यक्रमको आयोजना गरेको छ ।

विहिवार आयोजना गरिएको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी  बुढाले शान्ति सुरक्षाको सवालमा आफुले कुनै किसिमको सम्झौता नगर्ने, राजनैतिक, ठुलाबडा तथा पहुचवाला भनेर कुनै किसमको छुट नहुने वताएका हुन्  ।

पर्यटकिय नगरी पोखरामा व्यवसायीक, औद्योगिक र पर्यटकीय विकास तथा उत्थानका लागि भरपर्दो सुरक्षा र शान्ति प्रदान गर्न आफु लागिरहेको साथै जिल्लामा शान्ति-सुरक्षा, अमन-चयन कायम गर्न सम्पुर्ण नागरिकको साथ र सहयोगले मात्र सम्भव हुने वताउनु हुदै घर तथा व्यवसायमा सि.सि क्यामराको जडानबाट सहज हुने सुझाव दिएका थिए  ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीको अध्यक्षतामा आयोजना गरिएको स्वागत तथा परिचयात्मक कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गंगा वहादुर क्षेत्री, इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख चित्राङ्गत बराल, राष्ट्रिय अनुसन्धान कास्कीका एस.पि. भुमि पाठक, संघका पदाधिकारी, कार्यसमिति सदस्य, लेखनाथका संघसंस्थाका प्रमुख, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पुर्व अध्यक्ष सुमन भट्टराई, बावुराम गिरी, वडा नं २७ का वडाध्यक्ष पुर्णकुमार गुरुङ, वडा नं २८ का वडाध्यक्ष निर्मल दियाली, वडा नं २९ का वडाध्यक्ष चेतवहादुर गुरुङ, वडा नं ३० का वडाध्यक्ष श्रीराम पोख्रेल, वडा नं ३२ का वडाध्यक्ष अक्कल वहादुर कार्की, लेखनाथ सामुदायिक प्रहरी कार्यालयका अध्यक्ष ज्ञानेन्द्र बजगाई, आदिबासी जनजाती महासंघ लेखनाथका अध्यक्ष जंङवहादुर गुरुङ लगायतले प्रमुख जिल्ला अधिकारीलाई यस क्षेत्रमा स्वागत गर्नुहुदैं कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो भने यस क्षेत्रमा देखिएको यातायात क्षेत्रको समस्या, उद्योगी व्यवसायी तथा जनमानसको शान्ति सुरक्षा, बड्दो लागुऔषध तथा अपराधिक कृयाकलापको नियन्त्रण र शान्ति सुव्यवस्थाको लागि माग राखेका थिए ।

संघका महासचिव भरतकुमार अधिकारीले संचालन गरेको उक्त कार्यक्रममा धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष छत्रधर आत्रेयले गरेका थिए ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by