Aug 29, 2018
 
लेखनाथ, १३ भदौ ।

महिलाहरुको क्षमता अभिबृद्धिमा सहयोग पुर्याउने उदेश्यले लेखनाथ उद्योग वाणिज्य संघले महिला सदस्यहरुका लागि आयोजना गरेको दुई दिने नेतृत्व विकास तालिम बुधबार सम्पन्न भएको छ ।
 
मंगलवार देखि सुरु भएको तालिम समापन समारोहमा बोल्दै संघका निर्वतमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले सिकाई नसकिने यात्रा भएकाले जुन कुरा सिकिन्छ त्यसको सहि सदुपयोग गरि ब्यवहारमा उतार्न अनुरोध गरेका थिए ।  

तालिम व्यवस्थापन समितिका संयोजक जानुका अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की साखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले सिप बिना जुन सुकै ठाउबाट पनि अगाडी वढ्न नसकिने भएकाले लाज र विना हिचकिचावट ढुक्क भएर बोल्न सक्ने बानीको विकास गर्नु पर्ने सुझाव राखेका थिए । 

तालिम व्यवस्थापन समिति सदस्य सोमनाथ बास्तोलाले संचालन गरेको उक्त कार्यक्रममा सहभागीहरुको तर्फबाट राधा सापकोटा र ईन्दिरा रोक्काले सिकाईका फलदायी भएको धारणा राखेका थिए भने तालिम ब्यवस्थापन समितिका सदस्य ज्ञानेन्द्र बजगाईले स्वागत मन्तव्य राखेका थिए ।  
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by