- Day-to-day Activities
- Press Release
- News Clippings
- Photo Archives
- Audio/Videos
- Notice/Announcements
- News feeds from Media
- FNCCI on Social Media
Releated Member Press Release
- पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित व्यवसाय व्यवस्थापन तालीम समापन - सामान्य परिवर्तनले पनि व्यवसाय बिस्तारमा सघाउँछ | February 13, 2019
- पोखरा उद्योग वाणिज्य संघ ६५ औँ वर्षमा प्रवेश - अध्यक्ष अधिकारीद्धारा निजी क्षेत्रविरुद्ध हुने गतिविधीप्रति सचेत रहन आग्रह | February 08, 2019
- ब्याजदर घटाउन पोखरा उद्योग वाणिज्य संघको माग | February 06, 2019
- वैंक तथा वित्तिय संस्थाहरुबाट एकतर्फि रुपमा भएको व्याजदरको बृद्धी प्रति उद्योग वाणिज्य संघ-चितवनको गम्भिर ध्यानाकर्षण | February 05, 2019
- कोरियन प्रशिक्षकहरुको स्वागत तथा छलफल | February 03, 2019
महिला उद्यमशिलता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
July 27, 2018

उद्योग वाणिज्य संघ–चितवन महिला उद्यमी विकास समितिको संयोजन तथा उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा एक दिवसिय महिला उद्यमशिलता र यसका आयाम विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
महिला उद्यमशिलताका बिभिन्न आधारहरुको जानकारी एवं उद्यमशिलताका बिभिन्न आयामहरुको वारेमा महिला उद्यमीहरुलाई अभिमुखिकरण गराउने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । उद्योग वाणिज्य संघ–चितवनले तय गरेका विकासका मुल आधार स्तम्भहरु कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्र भित्र वर्तमान परिवेशमा महिला उद्यमीहरुको लागि केकस्ता सम्भावना रहेकाछन् भन्ने विषयमा उक्त अभिमुखिकरण कार्यक्रम केन्द्रित रहेको थियो । कार्यक्रममा बिभिन्न क्षेत्रहरुका बिज्ञहरुबाट कार्यपत्र प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल प्रधानले महिला उद्यमशिलताका लागि सवैभन्दा ठुलो ईच्छाशक्ति हुनुपर्ने र व्यवसायका क्रममा हुन सक्ने जोखिमलाई बहन गर्ने तत्परता एवम् क्षमता राख्नुपर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले बर्तमान परिस्थितिमा उद्यमशिलता विकासका लागि नवप्रवर्तक बिचारहरुको आवश्यकता भएको औंल्याउंदै महिलाहरुले उद्यमशिलताका लागि आवश्यक पर्ने सिप, तालिम लगायत आवश्यक बिभिन्न क्षेत्रमा उद्योग वाणिज्य संघ–चितवनले सहयोग गर्ने बताउंदै यसका लागि संघमा सम्पर्क गर्न समेत अनुरोध गर्नु भयो । उहाँले महिला उद्यमशिलताका लागि अथाह अवसरहरु भएकोले त्यसका लागि महिलाहरु सक्रिय हुनुपर्ने बताउनु भयो ।
सोहि कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ –चितवनका निबर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ३ का उपाध्यक्ष राजन गौतमले महिला आफैमा अथाह सम्भावना र अनगिन्ति समस्याहरुलाई सहन र बहन गर्न सक्ने क्षमता भएका हुनाले व्यवसायमा उक्त दुवै कुरा फलदायि हुने कुरा बताउनु भयो । कार्यक्रममा उहाँले आर्थिक रुपमा सवल हुनका लागि मात्र नभइ आफ्नो पहिचानका लागि समेत व्यवसायमा अग्रसर हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै महिला उद्यमी विकास समितिका संयोजक रजनी मास्केले उपस्थित अतिथि तथा सहभागिहरुलाई स्वागत गर्दै महिलाहरुको समाजमा बहुआयामिक भूमिका रहने हुनाले आफ्नो पारिवारिक कर्तब्यलाई समेत मध्येनजर राख्दै व्यवसाय अगाडी बढाउनुपर्ने बताउै महिला सक्षमहुनका लागि आर्थिक रुपमा सवल हुनुपर्ने र आर्थिक रुपमा सवलहुनका लागि आम्दानी आवश्यक रहेको र आम्दानीका लागि व्यवसाय अनिवार्य सर्त रहेकोले महिलाहरुलाई उद्यमशिल हुनका लागि अपिल गर्नु भयो ।
कार्यक्रममा बिभिन्न क्षेत्रका ज्ञाताहरुले आ–आफ्नो क्षेत्रमा महिला उद्यमशिलताका सम्भावनाहरुका वारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त अभिमुखिकरण कार्यक्रममा कृषि क्षेत्र र उद्यमशिलताका विषयमा डा. कल्याणी मिश्र त्रिपाठी, स्वास्थ्य क्षेत्र र उद्यमशिलताका विषयमा डा. शारदा कुंवर तथा शिक्षा क्षेत्र र महिला उद्यमशिलताका वारेमा ईन्दिरा कार्किले प्रस्तुतिकरण गर्नु भएको थियो । यसै गरी पर्यटन व्यवसाय र महिला उद्यमशिलताका वारेमा शारदा क्षेत्री , महिला उद्यमशिलता विकासमा स्थानिय निकायको भूमिका विषयमा मेनुका पण्डित, वित्तिय संस्था र उद्यमशिलताका विषयमा अच्युतजंग श्रेष्ठ र फोहोर व्यवस्थापन र उद्यमशिलताका विषयमा तुलसा ज्ञवालीले प्रस्तुतिकरण गर्नु भएको थियो ।
कार्यक्रममा सवै प्रस्तोताहरुले महिला उद्यमशिलताका सम्भावनाका वारेमा गहनरुपमा प्रस्तुतिकरण गर्नु भएको थियो । एक दिवसिय उक्त कार्यक्रम महिला उद्यमी विकास समितिका संयोजक रजनी मास्केको अध्यक्षता, उवासंघ–चितवनका अध्यक्ष सहनलाल प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रम महिला उद्यमी समितका सदस्य शुलोचना श्रेष्ठले संचालन गर्नु भएको थियो भने महिला उद्यमी विकास समितिका सदस्य सर्मिला न्यौपानेले धन्यवाद ज्ञापन गर्नु भएको थियो । बिभिन्न वस्ुतगत संघ संग सम्बन्धित ६५ जना महिला उद्यमिहरुको सक्रिय सहभागिता रहेको संघका कार्यक्रम अधिकृत निलवहादुर के.सीले जानकारी दिनुभयो ।
© Copyright 2005-2019 . All Rights Reserved. FNCCI.