- Day-to-day Activities
- Press Release
- News Clippings
- Photo Archives
- Audio/Videos
- Notice/Announcements
- News feeds from Media
- FNCCI on Social Media
Releated Press Release
- उद्यमीहरूद्वारा नेपालको एसएमइज (SMEs) को विकासमा ओइसीडीको सहयोगको अपेक्षा (२०७५/११/०२) | February 14, 2019
- नेउवामहासंघ/कृषि उद्यम केन्द्र र प्रदेश १ सरकार बीच सहमतीपत्रमा हस्ताक्षर (२०७५/१०/२९) | February 12, 2019
- दक्षिण एसियाली रोजगारदाता मञ्चको बैठक नयाँ दिल्लीमा नेपालमा लगानी गर्न महासंघका रोजगारदाता परिषदका सभापति ढकालको आग्रह (२०७५/१०/२८) | February 11, 2019
- रेष्टुरेन्ट तथा बारहरूमा लगाउंदै आएको सेवा शुल्क हटाएको सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघको धारणा (२०७५/१०/२२) | February 04, 2019
- नेउवामहासंघ/कृषि उद्यम केन्द्र र प्रदेश ३ सरकार बीच सहमतीपत्रमा हस्ताक्षर (२०७५/१०/१८) | February 01, 2019
बजार अनुगमनलाई मर्यादित र व्यवस्थित बनाउने कार्यमा सहयोग गर्न नेउवामहासंघको आव्हान (२०७५–०३–२८)
July 12, 2018
नेपाल सरकार/उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय/वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट हाल जारी बजार अनुगमनलाई मर्यादित र व्यवस्थित गर्ने, स्वच्छ र पारदर्शी व्यापार व्यवसायलाई प्रवद्र्धन गर्ने सम्बन्धमा यही असार १५ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा सम्पन्न व्यवसायीहरूसँगको बृहद अन्तरक्रियाबाट गठित समिति, समग्र अनुगमनका विषयमा विस्तृत सुझाव दिई सोको कार्यान्वयनका लागि सरोकारवालाहरू समेतसँग छलफलगरी अनुगमनका विधि, प्रक्रिया र हाल भैरहेको तीन तह र चौध निकायबाट हुने अनुगमनलाई एकिकृत, सरल र न्यूनतम जनशक्ति मार्फत स्वचालितरूपमा बजार ब्यवस्थित हुने अवस्था सृजनाका लागि गम्भीर गृहकार्य गरीरहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ आफ्ना सबै व्यवसायिक सदस्य संघ/संस्था मार्फत मुलुकभर क्रियाशील व्यापारीहरूलाई स्वच्छ र पारदर्शी व्यापार व्यवसाय गर्न र यथार्थमुल्यमा बील बिजक जारी गरेर मात्र व्यापार व्यवसाय संचालन गर्न आव्हान गर्दछ । डर, त्रास र भयमुक्त भै स्वच्छ व्यापारका लागि बिना दर्ता, वा बील बिजक जारी नगरी, न्यून मूल्यमा, कम वा बढी परिमाण गरी हुने बस्तु तथा सेवाको कारोवार गर्ने/गराउने व्यवसायीलाई सबै तह र तप्काले बहिष्कार तथा तीनको परिचय समेत सार्वजनिक गर्न अनुरोध गर्दछ । उत्पादन, थोक तथा खुद्रातह एवं आम उपभोक्ताहरूले आफुले खरिद, बिक्री गरेको बस्तु र सेवाको यथार्थ परिमाण र यथार्थ भुक्तानी मूल्यको बील बिजक लिएर/दिएरमात्र कारोवार गर्न पनि महासंघ सवैमा हार्दिक आग्रह गर्दछ ।
निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघ मुलुकभित्र सधै स्वच्छ र पारदर्शी व्यापार व्यवसायको पक्षपाती रहँदै आएको छ । साथै सरकारबाट समय समयमा बजार अनुगमन हुनुपर्दछ भन्ने कुरामा दृढ छ । आफूले खरिद गर्ने सामानमा उत्पादन तथा उपभोग्य मिति उल्लेख भए/नभएको एकिन गरी खरिद विक्री गर्न, उपभोग्य मिति गुज्रेको माल वस्तु विक्रीवितरण नगर्न, कानुनले तोकेको अत्यावश्यक बस्तुहरुको सिमाभित्र रहेर मूल्य र नाफा लिई सामान विक्री वितरण गर्न, बील बिजक जारी गर्न, सबैले देख्ने गरी अत्यावश्यक बस्तुहरूको मूल्य सूची राखेर वा सकभर बस्तुमै मूल्य राखेर कारोवार गर्न/गराउन महासंघ सवै व्यवसायीहरूमा आग्रह गर्दछ । बजारलाई स्वच्छ र पारदर्शी बनाई आम उपभोक्तालाई गुणस्तरीय सेवा दिन निजी क्षेत्र सदैव तयार र प्रतिवद्ध छ । गैह्र कानुनी कार्य गर्नेलाई सदैव कानुनको दायरामा ल्याउनु पर्ने र स्वच्छ व्यापार व्यवसाय गर्नेले निर्वाध व्यापार व्यवसाय गर्न पाउनु पर्नेमा महासंघको जोड छ ।
जनतालाई सरकारबाट राहतदिने भनेकै करको माध्यमबाट हो । यथार्थ मूल्यमा आयात, निर्यात र कारोबार गराउन सरकारबाट पनि हालका बिद्यमान करका दरहरू न्यूनतम कायम गरी खुल्ला सिमानाबाट भैरहेको अनधिकृत व्यापार नियन्त्रणमा सुन्य सहनशिलता राख्न समेत अनुरोध गर्दछौ । यसका लागी सिमापारी करका दर कम रहेका बस्तुहरूमा स्वदेशमा लाग्ने कूल कर राजस्व समयमै समायोजनका लागि पनि अनुरोध गर्दछौ । साथै बजार अनुगमनका लागि विधि, प्रक्रिया तयार गर्ने र यस कार्यलाई व्यवस्थित र मर्यादित बनाउन मूल्यसूची, नापतौल, गुणस्तर आदि बारे गरिनु पर्ने सुधार बारे आ–आफ्नो तर्फबाट रचनात्मक सल्लाह सुझाव दिई सहयोग गर्न महासंघ सम्बन्धित सवैमा हार्दिक अपिल गर्दछ ।
© Copyright 2005-2019 . All Rights Reserved. FNCCI.