Jul 04, 2018
लेखनाथ उद्योग वाणिज्य संघको २२ औं स्थापना दिवस तथा वार्षिकोत्सव

कास्की, २० असार २०७५ ।

उद्योगी, व्यवसायीहरुको हकहितको संरक्षण, सम्वद्र्धन गर्दे यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यमवाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यले स्थापना भएको  लेखनाथ उद्योग वाणिज्य संघले आफ्नो २२ औं स्थापना दिवस मनाएको छ ।

संघको स्थापना दिवस तथा २२ औं वार्षिकोत्सव समारोहमा लेखनाथ उद्योग वाणिज्य संघ र पोखरा लेखनाथ महानगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिने कृषि उपज खरिद विक्रि केन्द्रको शिलान्यास र प्रधानमन्त्री कृषि आधुनिकीकरण कृषि प्रविधि सूचना केन्द्रको उद्धघाटन गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दे प्रदेश नं. ४ का मुख्य मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङ्गले आर्थिक समृद्धीको महान यात्रामा सहभागी हुन उद्योग व्यवसायीलाई आग्रह गर्दै निजि क्षेत्रलाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने वारेमा प्रदेश सरकार चिन्तनशील रहेको वताए । प्रदेश नं. ४ लाई औद्योगिक र समृद्धिको प्रदेश वनाउनका लागि लगानी सम्मेलनको आयोजना गर्ने लक्ष्य रहेको वताए ।  

सोही अवसरमा पुर्व कानुन मन्त्री यज्ञवहादुर थापाले विकासका वारेमा जनतावाट मुल्याङ्कन गर्ने समय भै सकेको हुँदा निर्वाचित सरकार जनउत्तरदायी हुनु पर्ने सुझाव गर्दै सवै मिलेर हातेमालो गर्दै आगडी वढ्न आग्रह गरे ।

कार्यक्रममा प्रदेश सांसद दिपक कोइरालाले कृषिलाई आधुनिकीकरण र प्रविधि मैत्री वनाउनका लागि प्रदेश सरकार जनचाहना अनुसारको कामलाई अगाडी वढाउने धारणा राखेका थिए ।

सोही अवसरमा पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानवहादुर जिसीले समग्र पोखरा उपत्यकाको आर्थिक तथा सामाजिक विकासको लागि विकासका पुर्वाधार खडा गरी कृषि र पर्यटनको माध्यमवाट अगाडी वढ्नु पर्ने धारणाा राख्दै व्यवसाय उन्मुख हुन व्यवसायीलाई आग्रह गरे ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष आनन्दराज मुल्मी, सघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे र समाज सेवी विन्दु सुवेदीले आ आफ्नो धारणा राखेका थिए ।

वार्षिकोत्सवको अवसरमा संघका आमन्त्रित सदस्य कृष्णप्रसाद ढुङानाद्धारा स्थापना गरिएको अक्षयकोषबाट वातावरण तथा सरसफाई क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत बेगनास युवा क्लवलाई सम्मान तथा पुरस्कार स्वरुप ११ हजार एक सय ११ रुपैया प्रदान गरिएको थियो भने सोहि अवसरमा पूर्व अध्यक्ष स्वं नारायणप्रसाद श्रेष्ठले स्थापना गर्नुभएको छात्रबृद्धि कोष अन्तर्गत लक्ष्मी मा.वि कक्षा ७ मा अध्ययनरत छात्रा शोभा थापा मगरलाई छात्रबृति रकम  दुई हजार पाच सय रुपैया प्रदान गरिएको थियो । त्यसै गरी लेखनाथ पत्रकार मन्चलाई अक्षरकोष स्थापना सहयोगका लागि १५ हजार पांच सय २५ रुपैयाँ सहयोग गरिएको थियो । संघका महासचिव भरतकुमार अधिकारीले संचालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष बलराम ढकालले गरेका थिए ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by