Jun 18, 2018
भन्सार जाँचपास प्रक्रिया सरल गर्न माग 

२०७५ असार ४ गते  

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको सचिवालयमा भन्सार जाँचपास पछिको परिक्षण सम्बन्धी स्थलगत अन्तरक्रिया कार्यक्रम २०७५ संघका अध्यक्ष कुल प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ । भन्सार जाँचपास परिक्षण कार्यालय, काठमाण्डौको आयोजना तथा भैरहवा भन्सार कार्यालय, बेलहिया र सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको सहकार्यमा नेपाल भन्सार विभागका प्रमुख भन्सार परीक्षण प्रशासक किशोर जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

भन्सार जाँचपास परीक्षण कार्यालय काठमाण्डौका भन्सार परीक्षक प्रमोद पौडेलले कार्यपत्र प्रस्तुत गदै भन्सार जाँचपास पछिको परीक्षण (Post Clearance Audit ) PCA को बारेमा जानकारी गराउनु भएको थियो । जाँचपास पछिको परिक्षण भन्नाले पैठारीकर्ताको घोषणा कानून बमोजिम ठिक दुरुस्त वा वास्तविक कारोबार मूल्यमा आधारित छ भनी भन्सार विश्वस्त हुनको लागि उसको कागजात, खाता बही, व्यावसायिक प्रणाली वा पद्धती, वित्तिय सूचना तथा तथ्यांक आदीको निरीक्षण गर्ने कार्यलाइ जनाउने कुरा बताउनु भएको थियो । आयात गरिएका मालसामानहरु भन्सार विन्दुमा आई भन्सार चेकजाँच भईसके पश्चात पनि हुन सक्ने त्रुटीहरुलाई पत्ता लगाउन व्यवसायीको आयात निर्यातको व्यवहारलाई नियमन गर्दै गैरकानूनी क्रियाकलापहरुको रोकथाम तथा नियन्त्रण गरी राष्ट्रिय कर प्रणालीको सुरक्षा र आधुनिक भन्सार प्रणालीमा आवद्ध हुनु जाँचपास पछिको परिक्षणको उद्देश्य रहेको बताउनु  भएको थियो सो अन्तरक्रिया कार्यक्रमा उद्योेगी व्यवसायीहरुले सरकारले भन्सार जाँचपास सम्बन्धि क्रियाकालपहरु व्यवसायीक मैत्री र सरल बनाउनु पर्ने वताएका थिए ।  कार्यक्रमका उद्योगी व्यवसायीहरुबाट उठेका प्रश्न एवं जिज्ञासाहरुको समाधान गर्दै नेपाल भन्सार विभागका प्रमुख भन्सार परीक्षण प्रशासक किशोर जोशीले भन्सारको आधुनीकीकरण र भन्सार प्रशासनलाई अझ बढी व्यवसायिक बनाउदै व्यापार सहजीकरण गर्ने उद्देश्यले नयाँ अवधारणाहरुको विकास गर्ने क्रममा नेपालमा वि.स. २०६६ असोज ५ गते भन्सार विभाग अन्तर्गत छुट्टै संस्थाको रुपमा भन्सार जाँचपास परीक्षण कार्यालय  (Post Clearance Audit ) PCA को स्थापना भएको बताउनु भएको थियो । भन्सार कार्यालयबाट जाँचपास भएको मालवस्तु  जाँचपास भएको मितिले चार वर्ष सम्म गर्न सकिने तर कुनै निकासीकर्ताले वा पैठारीकर्ताले झुठा लिखित कागजात तयार गरी लाग्ने भन्दा कम महशुल दाखिला गरेको प्रमाणित भएमा भन्सार परीक्षकले महानिर्दैशकको अनुमति लिई चार वर्ष पछि समेत जाँचपासको परीक्षण गर्न सक्ने कानूनी प्रावधान बारे  जानकारी गराउनु भयो ।

महासचिव नेत्र प्रसाद  आचार्यज्यूको संचालनमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल,  संघका उद्योग उपाध्यक्ष अरुण कुमार गोयनका,कोषाध्यक्ष दिलिप कुमार कान्दु, सचिव विजय पाण्डे कार्र्यसमिति सदस्य यमकला न्यौपाने, पल्लवी न्यँौपाने, गोविन्द प्रसाद ज्ञवाली, हरिश सेठिया, गंगासागर अग्रहरी, रोहित कुमार अग्रवाल, गोपाल भण्डारी, त्रिलोकी प्रसाद तेली,क ृष्ण प्रसाद घिमिरे, सल्लाहकार डि.आर शर्मा, कार्यकारी सचिव आनन्द खनाल, उपसचिव खगेन्द्र शर्मा, आन्तरिक राजश्व कार्यालय बुटलवका प्रमुख कर अधिकृत दुर्गादत्त भण्डारी, आन्तरिक राजश्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत अर्जुन ढकाल, हार्डवेयर व्यवसायी संघ, बुटवलका सभापती दिनेश घिमिरे, नेपाल भन्सार एजेन्ट संघ, रुपन्देहीका अध्यक्ष असिम न्यौपाने, तिलोत्तमा उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण प्रसाद शर्मा, उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारी लगायत  विभिन्न संघ संस्था एवं कार्यालयका प्रमुखहरु, उद्योगी व्यवसायीहरु, संचारकर्मीहरुको उपस्थित रहेको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by