Jun 19, 2018
मकवानपुर संघका सदस्यहरुलाई औषधी पछि अब होटलमा छुट हुने 

२०७५ असार ५ गते

मकवानपुर उद्योग वाणिज्य संघका सदस्यहरुले अब औषधीपछि होटलमा पनि छुट सुविधा पाउने भएका छन् । संघका सचिव विष्णुगोपाल महर्जनको अध्यक्षता होटल एशोशिएसन तथा विभिन्न होटल व्यवसायीहरुबीच भएको छलफल पश्चात संघमा आवद्ध रहेका सदस्यहरुलाई छुट दिने निर्णय गरिएको हो ।

छलफल कार्यक्रममा बोल्दै होटल एशोसिएसनका महासचिव शंकरलाल श्रेष्ठले होटलहरुको भोग्नुपरेका समस्याहरुमा पनि केन्द्रित रहन आग्रह गरेका छन् । अत्याधिक मूल्यवृद्धि, अनुगमन, प्रशासनिक दवावदेखि मकवानपुरको पर्यटन क्षेत्रको विकासमा उल्लेखनीय प्रगति हुन नसक्दा होटल व्यवसायीहरुलाई परेको समस्याको विषयमा आफ्ना भनाई श्रेष्ठले राखेका थिए । होटल प्रकाश ईन्टरनेशनल प्रा.लि का रविकुमार गुप्ताले होटलहरुले पनि समयसापेक्ष स्तरीकरण गर्दै लैजानु पर्ने र पर्यटक भित्र्याउन गरिने कार्यक्रमहरुमा संघबाट पनि आवश्यक पहल गर्नुपर्नेमा जोड दिए ।

संघका कार्यकारी सचिव विवेक मानन्धरबाट संचालित कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै संघका सचिव महर्जनले छलफल कार्यक्रमको उद्देश्य छुट प्रदान गर्ने मात्र नभई व्यावसायिक प्रवर्द्धन पनि रहेको बताए । पर्यटन प्रवर्द्धनमा संघ सदैव सकारात्मक रहेको र छलफलमा उठेका विषयहरुलाई संघले गम्भीर भई आवश्यक पहल गर्ने पनि उनले बताए । आन्तरिक पर्यटनको विकासकालागि पनि संघले सम्वन्धित निकायहरुसंग आवश्यक पहल गर्ने सचिव श्रेष्ठले बताए ।

छलफल पश्चात होटलहरुबाट संघमा आवद्ध रहेका नविकृत सदस्यहरुलाई १० देखि २० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by