Jun 18, 2018
२०७५ असार  ४ गते , सोमवार ।

उद्योग वाणिज्य संघ–चितवन अन्तर्गतको स्वास्थ्य समितिको वैठक तथा छलफल कार्यक्रम आज संघको सचिवालयमा सम्पन्न भयो । संघले अबलम्बन गरेका विकासका ४ आधार मध्ये चितवन जिल्लाको स्वास्थ्य सेवा  सम्बन्धि छोंटो अवधि तथा दीर्घकालीन समयसम्म के कस्ता कार्यक्रमहरु आयोजना गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नका लागि उक्त छलफल कार्यक्रमको आयोजना गरिएको हो । छलफलमा उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले चितवन जिल्लाको स्वास्थ्य क्षेत्रको विकासमा संघले कुनै पनि तवरले योगदान पुर्याउन तयार रहेको भन्दै आगामी २ बर्षका लागि स्वास्थ्य विकासका सन्दर्भमा तय गरिएका कार्यक्रमहरुको वारेमा जानकारी दिनु भयो । बैठकमा उहांले दिर्घकालिन प्रभाव पुर्याउने किसिमका स्वास्थ्य सेवा विकासका क्रियाकलाप गर्नका लागि वर्तमान अवस्थाको आवश्यकता पहिचान गरी चरणवद्ध रुपमा कार्यहरु गर्दै जानुपर्ने बताउनु भयो । उहांले चितवनलाई एक शहर एक पहिचानको रुपमा स्वास्थ्य सेवालाई अगाडी बढाउंदै स्वास्थ्य गन्तव्यको रुपमा चितवनलाई विकसित गर्नु पर्ने र यसका लागि संघले आफ्नो स्थानबाट पहल गरिरहेको बताउनु भयो । 

सोहि कार्यक्रममा उद्योग वाणिज्य संघ– चितवनका विशिष्ट सदस्य एवम् स्वास्थ्य समितिका सल्लाहकार वरिष्ठ चिकित्सक डा. कृष्ण प्रसाद पौडेलले उद्योग वाणिज्य संघ चितवन स्वास्थ्य क्षेत्र प्रति संवेदनशिल भएकोमा खुशी ब्यक्त गर्दै चितवनलाई मेडीसिटी बनाउने सन्दर्भमा ठोस रणनीति बनाई यसलाई सार्थक बनाउनमा लागि पर्नुपर्ने बताउंदै यस सम्बन्धमा संवेदनशिल र अझ बढि सक्रिय हुन सबैलाई अनुरोध गर्नुभयो ।  कार्यक्रमका उपस्थित सवैलाई स्वागत गर्दै स्वास्थ्य समितिका संयोजक शिरिष पन्तले संघले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहि स्वास्थ्य सेवा संग सम्बन्धित बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको र आगामी दिनहरुमा अझ समय सापेक्ष के कस्ता कार्यक्रमहरु आयोजना गर्न सकिन्छ भन्ने बिषयमा छलफल गर्नका लागि उक्त कार्यक्रम आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा संयोजक पन्तले हाल सम्म भए गरेका क्रियाकलापहरुको बारेमा जानकारी समेत गराउनु भएको थियो ।
 
चितवनको स्वास्थय क्षेत्रको विकासमा केन्द्रित उक्त छलफलमा समितिले प्रत्येक २ महिनामा संघका सदस्य लगायत सर्वसाधारणहरुलाई समेत लक्षित गरी बिभिन्न कार्यक्रमहरु आयोजना गर्ने निर्णय गरेको संघका कार्यक्रम अधिकृत निलबहादुर के.सी.ले जानकारी दिए । कार्यक्रम संघका कार्यसमिति सदस्य एवम् स्थास्थ्य समितिका संयोजक शिरिष पन्तको अध्यक्षता एवम् संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठको विशेष उपस्थितिमा सम्पन्न भएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by