Jun 12, 2018
२९ जेष्ठ २०७५, चितवन 

उद्योग वाणिज्य संघ-चितवन र कलेज अफ मेडिकल साईन्सेज टिचिङ हस्पिटल, भरतपुर बिच संघको सचिवालयमा एक कार्यक्रमका बिच समझदारी पत्रमा (MOU) हस्ताक्षर कार्यक्रम सम्पन्न भयो  । 

उद्योग वाणिज्य संघ-चितवनले आफ्ना सदस्य व्यवसायीहरुलाई ब्यवसायिक सेवा, सुविधा प्रदान गर्नुका साथै उनिहरुको स्वास्थ्य प्रति पनि सचेत रहंदै  उद्योग वाणिज्य संघका सदस्यहरुलाई स्वास्थ्य सेवामा छुट दिलाउने उद्देश्यले उक्त समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । उवासंघ र उक्त कलेज बिच भएको संझौता बमोजिम उद्योग वाणिज्य संघ-चितवनका साधारण सदस्यहरुले कलेज अफ मेडिकल साईन्सेस, टिचिङ हस्पिटलमा स्वास्थ्य सेवा लिएमा वहिरंग सेवा, अन्तरंग सेवा, फार्मेसी तथा रेडियोलोजी सेवामा ५ प्रतिशत देखि १५ प्रतिशत सम्म छुट पाउने व्यवस्था उल्लेख गरिएको छ । संघको कार्यकक्षमा भएको उक्त समझदारी पत्र हस्ताक्षर कार्यक्रममा संघका अध्यक्ष सहनलाल प्रधानले संघले आफ्नो व्यवसायीहरु प्रतिको उत्तरदायित्व लाई अझ बढि समयानुकुल बनाउने, संघ प्रति व्यवसायीहरुको आकर्षणमा बृद्धी गर्ने उदेश्यले उक्त समझदारी गरिएको बताउंदै आगामी दिनहरुमा पनि संघले अन्य क्षेत्रमा समेत यस किसिमका सुविधाहरु थप्दै जाने बताउंदै कलेज अफ मेडिकल साईनसेस प्रति आभार ब्यक्त गर्नु भयो । 

उक्त कार्यक्रममा बोल्दै कलेज अफ मेडिकल साईन्सेसका अतिरिक्त निर्देशक मनोहर प्रधानले उद्योग वाणिज्य संघ-चितवन संग सहकार्य गर्न पाउंदा आफुलाई खुशी लागेको बताउनु भयो । कार्यक्रममा उहांले दुई संस्था बिचको सम्बन्ध अझ प्रगाढ बनाउंदै आगामी दिनहरुमा सेवालाई विस्तार गर्न सकिने बताउनु भयो । उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष सहनलाल प्रधान र  स्वास्थय समितिका संयोजक शिरिष पन्त तथा  कलेज अफ मेडिकल साईन्सेजका तर्फबाट अतिरिक्त निर्देशक डा. मनोहर प्रधान र मुख्य सञ्चालन अधिकृत डा. सुप्रभात श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गर्नु भएको थियो । उक्त संझौता हस्ताक्षर भएको मिति देखीनै लागु हुने छ । संघका सदस्यहरुले समझदारी पत्रमा उल्लेख भए बमोजिमको छुट सुविधा प्राप्त गर्नका लागि भने संघको सदस्यताको वैधानिक परिचय पत्र पेश गर्नुपर्ने संघको सचिवालयले जनाएको छ । कार्यक्रममा् नेउवामहासंघ प्रदेश नं. ३ का उपाध्यक्ष राजन गौतम, नेउवामहासंघका केन्द्रिय सदस्य द्धय कल्याण जोशी, डा.तिलचन्द्र भट्टराई लगायत संघका कार्यसमितिको उपस्थिति रहेको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by