May 30, 2018

पर्वत जिल्लाको पार्दीस्थित तल्लो मोदी हाइड्रो पावर परियोजनामा हिजो विहान अज्ञात समूहद्वारा बम राखिएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । विकास निर्माण परियोजनालाई लक्षित गरी गरिएका त्यस्ता कार्यको महासंघ विरोध गर्दछ । सरकारले उर्जा विकासलाई उच्च प्राथमिकतामा राखेर अगाडी बढीरहेको अवस्थामा यस्ता घटना हुनु दु:खद भएको ठहर महासंघको छ । 

मुलुकनै विकासको मार्गमा अगाडी बढ्न अग्रसर भैरहेको अवस्थामा भएका यस्ता घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै त्यस्ता कार्यमा संलग्नहरुको खोजी गरी कानुनको दायरामा ल्याउनु पर्ने माग महासंघको छ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by