May 30, 2018
मह उत्पादन, प्रसोधन तथा प्याकेजिङ तालिम सम्पन्न

धादिङवेसी । धादिङ उद्योग वाणिज्य संघको आयोजना तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग संचालित १५ दिने  मह उत्पादन प्रसोधन तथा प्याकेजिङ तालिम सम्पन्न भएको छ । निर्यात योग्य उच्च गुणस्तरको मह उत्पादनमा उत्प्रेरित गर्ने, महको विविधीकरणको लागि प्रवद्र्धन गर्ने, महको व्यवसायीकरणमा किसानहरुलाई उत्प्रेरित गराउने मुख्य उदेश्यका साथ संचालन गरिएको तालिम कार्यक्रममा ३७ जनाको सहभागीता रहेको थियो । मिति २०७५ साल जेष्ठ ०२ गतेवाट १६ गते सम्म संचालन भएको तालिमको समापन प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले गर्नुको थियो । समापन मन्तव्य राख्नुहुँदै प्रजिअ पाण्डेले धादिङ तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागीहरुलाई सुझाव दिनुभयो । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष श्री वोदनाथ दुवाडीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रहरी नायव उपरिक्षक श्री डम्वर, वि.क., घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्री विश्वराम दुवाडी, धादिङ उद्योग वाणिज्य संघका पुर्व अध्यक्षहरु, कार्यसमिति पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो । धादिङ उद्योग वाणिज्य संघको सभाहल, धादिङवेसीमा सम्पन्न तालिम कार्यक्रमको सहजीकरण केशव अर्याल (मौरी वाजे) र कमला गैरेले गर्नुभएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by