May 28, 2018
मिति २०७५ साल जेष्ठ १४ गते

संघका अध्यक्ष श्री कृष्ण कटुवालज्यूको अध्यक्षतामा नेपाल पत्रकार महासंघ ३ नं प्रदेश समितिको अध्यक्ष प्रताप विष्ट नव निर्वाचित पदाधिकारीलाई वधाई तथा शुभकामना कार्यक्रम मउवासंघमा सम्पन्न गरियो ।

शुभकामना कार्यक्रममा अध्यक्ष श्री कृष्ण कटुवालज्यूले अध्यक्ष प्रताप विष्ट,सदस्य नानी मैया विष्टलाई टिका खादा लगायर स्वागत तथा नया“ कार्यकालको  शुभ कामना दिदै आफनो  मन्तव्य व्यक्त गर्नु भएको थियो ।

अध्यक्ष विष्टले स्थानीय व्यवसाय फष्टाएको हेर्न चाहेको विचार व्यक्त गर्नु हु“दै उद्योगी  व्यवसायी र संचारकर्मीहरुको सम्वन्ध अझै मजवुत हुन जरुरी रहेको औल्याउनु भयो । राष्ट्रको समृद्धिमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको र पत्रकार  राष्ट्रको चौथो अंग भएपनि  नागरिक नै भएको वताउनु भयो ।

उपाध्यक्ष राम प्रसाद न्यौपानेले शुभ कामना व्यक्त गर्नुका साथै सफल कार्यकालको शुभ कामना दिनु हुदै कार्यक्रम समापन गर्नु भएको थियो । कार्यक्रममा संघका महासचिव प्रमोद सिंंहरानाभाट, सचिव सन्तोष अर्याल तथा विष्णु गोपाल महर्जन , कासस राजाराम कार्की,कुलप्रसाद चौलागाई,प्रतिमा श्रेष्ठ, नरेन्द्र भण्डारी लगायत विभिन्न संचारकर्मिहरुकोे उपस्थिति रहेको थियो । कार्यक्रम संघका सचिव तथा प्रवक्ता श्री काव्यमणी अधिकारीले सञ्चालन गर्नु भएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by