May 18, 2018
मकवानपुुर उवासंघद्वारा कर शिक्षा तालिम संचालन
मकवानपुर उद्योग वाणिज्य संघका का.वा अध्यक्ष श्री माधव न्यौपानेको अध्यक्षतामा कर शिक्षा तालिम २०७५ जेष्ठ ३ गते प्रदान गरेको छ । कर सम्वन्धि हिसाव किताव राख्न सहज वनाउने उद्देश्यले व्यवसायीहरुलाई कर शिक्षाको तालिम प्रदान गरिएको हो ।

सो अवसरमा संघका कार्यवहाक अध्यक्ष माधव न्यौपानेले व्यवसायीहरुले दैनिक राखेका हिसाव नियमानुसार भए नभएका हेर्नका लागि पनि  अध्ययनरत विद्यार्थिहरुलाई समेत यस्ता तालिम दिने संघको लक्ष रहेको बताउनु भयो । तालिम पश्चात तालिम प्राप्त विद्यार्थीहरुलाई व्यवसायीको माग अनुसार कम भन्दा कम शुल्क लिई हिसाबहेर्ने व्यवस्था समेत मिलाउने बताउनुभयो । आन्तरिक राजश्व कार्यालय, मकवानपुरका कर अधिकृत श्री दिलक आचार्यले तालिम शहजिकरण गर्नु भएको थियो ।

कर शिक्षा तालिमको आवश्यकता वारेमा प्रकाश पार्नुहुदै संघका उपाध्यक्ष तथा वस्तुगत समन्वय समितिका संयोजक राम प्रसाद न्यौपानेले यस किसिमको प्रयासले व्यवसायीहरुको अन्यौलतामा कमि आएको महशुस गरेको बताउनुभयो । यस किसिमको तालिमको लागि समय निकै नै छोटो भएकोले पुन : अर्को पटक समय मिलाएर व्यावसायीहरुको सल्लाह, सुझाव र माग बमोजिम  यस्ता तालिमहरु प्रभावकारीरुपमा सञ्चालन गर्ने प्रतिवद्धता उपाध्यक्ष न्यौपानेले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सुनचाादी व्यवसायीहरु तथा कुटानी पिसानी व्यवसायीहरुलाई लक्षित गरी प्रदान गरिएको तालिममा सहभागिहरुको उत्साहजनक उपस्थिति रहेको थियो । सो अवसरमा सुन चाादी व्यवसायी संघका अध्यक्ष ज्योतिरत्न वज्राचार्यले तालिमको उपयोगिता निकै भएकोले यसलाई अझ प्रभाभकारी ढंगबाट संचालन गरि दक्ष जनशक्ति उत्पादन गराउनुपर्ने सुझाव दिनुभयो । 
 
संघका कार्यसमिति सदस्य सुनिल अधिकारीले कार्यक्रमको समापन गर्नु हुदै यो तालिमले व्यवसायीहरु तथा स्वयम आफुले पनि धेरै कुरा जान्ने अवसर प्राप्त भएको बताउनुभयो । समेत कति पयकुराहरु नजानेको यस तालिमवाट थाहा हुन आएको भन्नु हुदै तालिमले अडिटरको मात्र भर पर्न नहुने रहेछ यस्मा आफु समेत सचेत हुनु पर्ने वारेमा जानकारी प्राप्त भएको व्यक्त गर्नु हुदै  तालिम निकै नै फलदायी भएको व्यक्त गर्नु हुदै तालिमको समापन गर्नु भएको थियो । ५० जनाको सहभागिता रहेको उक्त तालिमले व्यवसायिहरुलाई उत्साहित बनाएको संघका सचिव तथा  प्रवक्ता काव्यमणी अधिकारीले बताउनु  भयो ।  
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by