May 10, 2018
मकवानपुर उवासंघको टोली दक्षिण कोरिया प्रस्थान

मकवानपुर उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल ब्यवसायीक भ्रमणको लागि दक्षिण कोरिया प्रस्थान २०७५ बैशाख २८ शुक्रबार कोरियाको लागि प्रस्थान गर्दैछ । संघका अध्यक्ष कृष्ण कटुवालको नेतृत्वमा नेउवामहासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, सचिव बिष्णु गोपाल महर्जन, कासस कृष्णप्रसाद ढुंगाना र साधारण सदस्य भीम तिमल्सिनाको टोली  कोरियाको लागि प्रस्थान गर्न लागेकाहुन । 

बेमौसमी खेतीको लागि प्रख्यात दक्षिण कोरियाबाट कृषि क्षेत्रका नयाँ प्रविधिका बारेमा जानकारी हासिल गर्ने उद्देश्यले कोरिया भ्रमण जान लागेको बताउँदै अध्यक्ष कटुवालले भ्रमण पश्चात नेपालमा समूहगत हिसाबले नयाँ कार्यको थालनी गर्ने बताउनु भयो । 

त्यसैगरि भ्रमण टोलीका सदस्य एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणि समितिका सदस्य अरुणराज सुमार्गीले युवा उद्योगी व्यवसायीलाई विदेशका अत्याधुनिक सीप र प्रविधिका विषयमा जानकार गराउन यस्ता भ्रमणको खाँचो रहेको बताउनुभयो । कार्यक्रममा संघ महासचिव प्रमोदसिंह रानाभाटले मकवानपुरे उद्योगी व्यववसायीहरुलाई विदेशमा हुने व्यवसायजन्य तालिम तथा सेमिनारहरुमा बढीभन्दा बढी सहभागिता गराउन संघले उल्लेख्य भूमिका खेल्ने बताउनु भयो । संघमा नयाँ समितिको तीन महिनाको छोटो अवधिमा नै उद्योगि व्यवसायिहरुलाई व्यवसायिक भ्रमणका लागि युरोप, चीन, दक्षिण कोरिया जस्ता विकसित मुलुकमा पठाउन सफल भएकोमा खुशी व्यक्त गर्नुहुँदै निकट भविष्यमा २ टोली लाई  जापानमा कर्पाेरेट म्यानेजमेण्ट तालिम लिन पठाउने तयारीमा रहेको समेत बताउनुभयो । संघका उपाध्यक्ष राम प्रसाद न्यौपानले टोलीलाई टीका तथा माला लगाएर बिदाई गरेको संघका प्रवक्ता काव्यमणि अधिकारीले बताउनुभयो  ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by