May 02, 2018
महासंघ पदाधिकारी र कामनपा उपमेयर बीच भेटवार्ता (२०७५/०१/१९)
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, महासंघका पदाधिकारीहरु र काठमाडौं महानगरपालिकाका उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठ बीच आज महासंघ सचिवालयमा भेटवार्ता सम्पन्न भयो । 

उक्त भेटवार्तामा स्थानीय कर, राजस्व संकलन तथा महानगरको विकासमा सार्वजनिक–निजी साझेदारी एवं सहकार्यका विषयमा छलफल भयो । साथै भेटवार्तामा महासंघ र महानगरपालिका बीच आपसी सहकार्यमा पनि जोड दिइयो ।  



महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष उमेशलाल श्रेष्ठ, नेउवामहासंघको प्रदेश नम्वर ३ का अध्यक्ष दिनेश श्रेष्ठ, कर तथा राजस्व समितिका सभापति अशोककुमार तोदी, महासंघको सामाजिक सेवा समितिका सभापति जय सिवाकोटी, कर तथा राजस्व समितिका उप–सभापति सुनिल गोपाल श्रेष्ठ, महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठ र महानगरपालिकाका उच्च अधिकारीहरुको सहभागी रहनु भएको थियो । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by