Apr 22, 2018


यस महासंघबाट मिति २०७५/१/६ मा जारी प्रेस विज्ञप्तीको केही बुंदामा अन्यथा हुन गएकोले थप स्पष्टता गरिएको व्यहोरा महासंघ सम्बन्धित सवैमा जानकारी गराउँदछ ।

महासंघले सबै प्रकारका सिण्डिकेट, कार्टेलिङ्ग प्रथाको अन्त्य हुनुपर्ने विषयमा विगत लामो समयदेखि माग गर्दै आएको सन्दर्भमा नेपाल सरकार मन्त्रिपरिषद्बाट भएको सिण्डिकेट, कार्टेलिङ्ग प्रथाको अन्त्य गरेको निर्णयको महासंघ हार्दिक स्वागत गर्दछ । खुल्ला अर्थतन्त्र एवं बजारमुखी नीति अवलम्बन गरेको सन्दर्भमा देशको लागि सिण्डिकेट, कार्टेलिङ्ग प्रथाको महासंघ निरन्तर विरोध गर्दै आएको ब्यहोरा समेत सम्बन्धित सबैमा महासंघ जानकारी गराउँदछ । 

महासंघले सिण्डिकेट, कार्टेलिङ्ग प्रथा प्रति असहमत जनाएको तर जिल्ला प्रशासन कार्यालयबाट दर्ता हुदै आएका कुनै पनि संघ/संस्थाहरूको खारेजी, दर्ता तथा नविकरण नगर्ने/नगराउने निर्णयको पक्षमा महासंघ नरहेको व्यहोरा समेत सम्बन्धित सबैमा अनुरोध गर्दछ । 

महासंघ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका उद्योगी व्यवसायीहरूसंग सम्बन्धित संघ/संस्थाहरूको संरक्षण र सम्वर्द्धन गर्दै अविभावकको भूमिका निर्वाह गर्दै आएको सर्वविदितै छ । यस सन्दर्भमा सरकारले जिल्ला प्रशासन कार्यालयबाट दर्ता हुंदै आएका कुनै पनि संघ/संस्थाहरूको खारेजी, दर्ता तथा नविकरण नगर्ने/नगराउने निर्णयको पक्षमा महासंघ नरहेको व्यहोरा पुनःसम्बन्धित सबैमा अनुरोध गर्दछ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by