Apr 19, 2018

सबै प्रकारको सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको अन्त्य हुनुपर्ने विगत लामो समयदेखि माग गर्दै  आएको नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार मन्त्रिपरिषद्बाट भएको यातायात क्षेत्रसंग सम्बन्धित संघ/संस्थाको दर्ता र नवीकरण जिल्ला प्रशासन कार्यालयबाट नगर्ने/नगराउने निर्णयको स्वागत गर्दछ । खुला बजार नीति अवलम्वन गरेको मुलुकका लागि सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथा कुनै पनि हालतमा जायज र सोभनीय नहुने धारणा महासंघले निरन्तर राख्दै आएको छ । 

महासंघले विगतमा यस्ता सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको सख्त विरोध गर्दै त्यसको खारेजीका लागि सम्मानित अदालतको ढोका समेत ढक्ढक्याउनु परेको थियो । ट्रक ढुवानीमा समेत जवरजस्ती लागू गरिंदै आएको सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको अन्त्य हुनुपर्ने माग महासंघको छ । 

सरकारको निर्णयको बिरोधमा सार्वजनिक यातायात सेवा ठप्प पार्ने निर्णय तत्काल फिर्ता लिई सार्वजनिक यातायातलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाउने सरकारको प्रयासमा आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न सबै यातायात व्यवसायी र सोसंग सम्बन्धित संघ/संस्थाहरूलाई नेपाल उद्योग वाणिज्य महासंघ आग्रह समेत गर्दछ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by