Apr 04, 2018
निजी क्षेत्रको साझेदारीमा लगानी भित्रयाएर एक नम्बर प्रदेशलाई समृद्धशाली बनाएर देखाउने चाहना पुरा हुन्छ , मुख्य मन्त्री शेरधन राई (२०७४/१२/२१)

एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले  संभावनै संभावना भएकोले निजी क्षेत्रको साझेदारीमा  लगानी भित्राएर एक नम्बर प्रदेशलाई समृद्धशाली बनाएर दुनियाँलाई देखाइदिने सरकारको चाहना रहेको बताउनु भएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघ र नयाा पत्रिका राष्ट्रिय दैनिकको संयुक्त आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नम्वर १ को सहआयोजनामा आज विराटनगरमा आयोजित प्रादेशिक बहस कार्यक्रमलाई संवोधन गर्नुहुँदै मुख्य मन्त्री राइले निजी क्षेत्रसाग सहकार्य गरेर एक नम्बर प्रदेशलाई संबृद्धशाली बनाएर दुनियालाई देखाइदिने चाहना पुरा गरेर छाडने बताउनु भएको छ । 

मन्त्री राईले भने -‘ एक नम्बर प्रदेश कृषी , पर्यटन , स्वास्थ्य, शिक्षा, सस्कृति सबै क्षेत्रको बिकासका लागि शंभावनै शंभावना भएको प्रदेश हो  । यसैले निजी क्षेत्रको सहकार्यमा लगानी भित्रयाएर दुनियालाई देखाउनका लागि गर्नुपर्ने काम गर्न हामी तैयार छौ ।  

मुख्य मन्त्री राइले आर्थिक बिकासका लागि आवश्यक नीति बनाउादा निजी क्षेत्रलाई पनि थिङटयाङका रुपमा प्रयोग गर्न प्रदेश सरकार तैयार भएको प्रतिबद्धता जनाउनु भयो । बिकासको प्रतिस्पर्धामा एक नम्बर प्रदेश घस्रेर हैन दौडन चाहिरहेको भन्दै लगानीमैत्री बतावरणका लागि आवश्यक नीति र कानुन बनाउन सरकार प्रतिबद्ध भएको समेत उहांको धारणा थियो । 
मुख्य मन्त्री राईले लगानी मैत्री वतावरणका लागि जग्गा प्राप्तिलाई सहज बनाउन श्रम र कर नीतिमा लचकता अपनाउन प्रदेश सरकार लचिलो हुने तैयार रहेको भन्दै उहांले लगानी मैत्री बातावणका लागि सरकारले बिज्ञहरुबाट अध्यन थालिसकेको जानकारी गराउनु भयो । मन्त्री राईले निजी क्षेत्रको साझेदारी बिना प्रदेश सरकारले संबृद्धिको कल्पना नगरको बताउादै निजी र राजनैतिक क्षेत्रसाग भएका सपना र योजनाहरुलाई एक ठाउामा राखेर बिकासको प्राथमिकता तय गर्नेमा जोड दिनु भयो । मुख्य मन्त्री राईले बिराटनगर बिमानस्थल मात्र नभएर प्रदेशका अन्य बिमान स्थलको स्तरोन्नीका लागि सरकारले चासो दिन थालिसकेको जानकारी गराउनु भयो । 

एक नम्बर प्रदेश सभाका माओबादी केन्द्रका संसदिय दलका सचेतक टंक आङबोले कृषी, उर्जा , पर्यटन , सबै क्षेत्रले उत्कृष्ट रहेको एक नम्बर प्रदेशमा बस्तुबादी अध्यन गरेर योजना बनाउन सके आर्थिक संबृद्धी टाढा  नरहेको बताउनु भयो । 

एक नम्बर प्रदेश सभाका नेपाली कााग्रेसका सचेतक केदार कार्कीले हुलाकी करिडोरलाई कृषी करिडोरमा बिकास गर्न सके प्रदेशको कृषी उत्पादन बृद्धि हुने बताउनु भयो । सचेतक कार्कीले भ्रष्टचारलाई शुन्यसहनशिलतामा राखेर शासन संचालन गर्न सकेमा निजी क्षेत्रको लगानी मैत्री बतावरण बन्ने बताउनु भयो । 

स्वागत मन्तव्य दिनुहुँदै महासंघकी अध्यक्ष भवानी राणाले भारत, भुटान, बंगालादेश, चीन र पाकिस्तानसाग नजिक भएको एक नम्बर प्रदेशमा आर्थिक व्यापारको प्रशस्त संभावना रहेकोले आर्थिक च्पाप्टरलाई सरकारले तीब्रता दिनुपर्नेमा जोड दिनु भयो । उहांले राजनीतिक च्याप्टरको अन्त्य भएकोले आर्थिक  समृद्धिको मुद्दालाई सरकारले बिषेश चासो दिनुपर्नेमा जोड दिनु भयो । उहांले देशका सातवटै प्रदेश सरकारसाग जस्तै एक नम्बर प्रदेशसाग पनि नीजि क्षेत्र सहकार्य गर्न तैयार रहेको जानकारी गराउनु भयो । उहांले भन्नु भयो–हामीले कल्पना गरे जस्तो स्थायी सरकार बनेको छ । यसैले रोजगारी, आर्थिक, सामाजिक समृद्धिका लागि निजी क्षेत्र सरकारसाग सहकार्य गर्न तयार छ । राणाले लगानी मैत्री बातावरण तैयार गर्न एक नम्बर प्रदेश र संघिय सरकार प्रतिबद्ध हुनुपर्छ भन्नु भयो ।  

महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालले  संभावनै शंभावना भएको एक नम्बर प्रदेशलाई देशकै नमुना बनाउन सरकारी र नीजि क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताउनु भयो । एक नम्बर क्षेत्र देशको आर्थिक बिकासको नेतृत्व लिने क्षेत्र भएकोले सार्क चेम्बर मार्फत हुने बहस कार्यक्रमको सुरुआत एक नम्बर प्रदेशबाट गराउने प्रतिबद्धता जनाउनु भयो । 

बिराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले निजी क्षेत्रले निर्धक्क भएर पुर्वाधारमा लगानी गर्न आग्रह गर्नुभयो । प्रमुख पराजुलीले संसद भवन र नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश भवन निर्माण गर्नका लागि आवश्यक जमिन दिन महानगरपालिका तैयार रहेको प्रतिबद्धता व्यत्त: गर्नुभयो । उहांले बिभिन्न देशका प्रदेश सरकार र नगरपालिकाहरुसाग भगिनी सम्बन्ध बढाएर एक नम्बर प्रदेशमा लगानी भित्रयाउनु पर्नेमा जोड दिनु भयो । 

महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालमा औधोगिक सुरुआत एक नम्बर प्रदेशबाटै भएकोले अब नीजि क्षेत्र र प्रदेश सरकार मिलेर औधोगिकरणको बिस्तारको थालनी पनि एक नम्बर प्रदेशबाटै गर्नुपर्नेमा जोड दिनु भयो । वरिष्ठ उपाध्यक्ष गोल्छाले हिमाल , पहाड , कृषी , उर्जा , पर्यटन , निर्यात व्यपार सबैमा एक नम्बर क्षेत्र एक नम्बर रहेकोले संमृद्ध बनाउन निजी क्षेत्र र सरकारको सहकार्यमा जोड दिनु भयो । 

महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले निजी क्षेत्र नाफा मुलक भएकोले देशले कर धेरै प्राप्त गर्न सक्ने भएकोले लगानी मैत्री बतावरण आवश्यक भएको बताउनु भयो । उहांले लागनी मैत्री वतारण सहित औधोगिकरणको बिकास हुन नसक्दा अझै व्यपार घाटा बढिरेहको बताउनु भयो ।

महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले लागानी मैत्री बतावरण , जग्गा प्राप्तिमा सहजता , बन्दहडताल निषेध र र निजी क्षेत्रसागको साझेदारीको आधार भएकोले एक नम्बर प्रदेश सरकारले बिशेष चासो दिनुपर्नेमा जोड दिनु भयो । 

महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले प्रदेश नं १ बाट मात्रै बार्षिक १९ अर्वको चिया निर्यात हुदै आएको छ । सम्भावनाका कुरा अव धेरै भई सकेको छ । अव सम्भावनालाई कार्यन्वयन कसरी गर्न सकिन्छ, नीजी क्षेत्रलाई कसरी उपयोग गरि मुलुक सम्वृद्ध बनाउने भन्ने बारे सोच्नु पर्दछ । १, ३ र ४ नं. प्रदेशको विकासबाट नै मुलुकको महार फेर्न सकिने भएकाले यहााका प्रदेश सरकार गम्भीर भएर लाग्नु पर्दछ । 

नेपाल उद्योग बाणिज्य महासंघ एक नम्बर प्रदेशका अध्यक्ष नरेन्द्र खडकाले  निजी क्षेत्रको लगानी र सुरक्षामा बिशेष चासो दिनुपर्नेमा जोड दिनु भयो । 

कार्यक्रममा अर्थ विज्ञ डा. पिके झाले भन्नु भयो –अवको सपना विकासको हुनु पर्दछ । जवसम्म विकासको प्रतिफल निमुखा जनाताको दैलोसम्म पुग्दैन, त्यो विकासमा बैमानी हुने छ । यो कुराको प्रदेश सरकारले ध्यान पुर्‍याउनु पर्दछ । संखुवासभामा अर्गानिक कफिनविहिन चिया पाईन्छ । यो कफिनविहीन चिया भएको कुरा बोसटन युनिर्भसिटीको ल्यावमा परिक्षणसमेत भईसकेको छ । तर दुभाग्य त्यो चियाको बजारीकरण गर्न छिमेकी चीन या भारतलाई गुहार्ने अवस्था छ । अव प्रदेश सरकारले यस्तो अवस्थाबाट छेट्कारा दिलाउनु पर्दछ । ७ प्रदेश मध्यको सम्भावना रसम्वृद्धिको नमुना प्रदेश १ नै हो । यसलाई अझ उत्कृष्ट बनाउन प्रदेश सरकारले ध्यान पुर्‍याउनु पर्दछ ।

अर्का आर्थिक मामिला विज्ञ श्याम दाहालले भन्नु भयो - यहाँ कृषिमा उर्भर छ । मौसममा विविधता छ । खाद्यन्न बचत गर्न सकिन्छ । ४४४ मेघावाट विद्युत निर्माणाधिन अवस्थामा छन् । चीन, भारत, बगंलादेश तथा भुटानसंग सिधै सम्पर्क गर्न सम्बन्ध कायम गर्ने अवसर प्रदेश नं. १ ले मात्र पाउँछ ।

प्रदेश नं. १ ठूलो सम्भावनाको खानी हो । यहाा लगानीमैत्री वातावरण बनाउनु पर्दछ । विद्युत आपूर्तिमा नियमितता, पर्यटन प्रवद्धनका लागि अध्यगमन कार्यलयको स्थापना,  क्षेत्रीय विमानस्थल, माउन्टेन फ्लाई, विराटनगरदेखि सगरमाथाबेस क्याम्पसम्म सडक संजाल पुर्‍याउनु पर्दछ । 

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य अविनास बोहोराले भन्नु भयो–अव सामाजिक न्याय सहितको आर्थिक विकास जरुरी छ । अव प्रदेश सरकार र नीजी क्षेत्र विच पव्लिक प्राईभेट पाट्नरसिपको नीतिमा लागनी गरि प्रदेश १ लाई सम्वृद्ध बनाउन सकिन्छ । मन्त्रिपरिषद राम्रो बनेको छ । युवा मन्त्रिहरु ह्ुनु हुन्छ । उहााहरुबाट प्रदेशको आर्थिक सम्वृद्धि सम्भव छ ।

उपाध्यक्ष राजेन्द्र राउतले नेपाल उद्योग बाणिज्य महासंघ र नयाापत्रिका दैनिकले सुरु गरेको संमृद्धीका लािग आर्थिक बहस अभियानले सरकार र निजी क्षेत्र बीच हातेमालो गर्ने बतावरण तैयार भएको बिश्वास व्यक्त गर्नुभयो । 

नेउवामहासंघ र प्रदेश सरकारबीच सहमति

सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ र प्रदेश नं. १ सरकार बीच आर्थिक विकासका मुद्दामा महासंघ र प्रदेश सरकारबीच सहकार्य गर्ने सम्बन्धी एक सहमतीपत्रमा हस्ताक्षर भएको छ । सहमतीपत्रमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, महासंघकी अध्यक्ष भवानी राणा र प्रदेश नं १ का अध्यक्ष नरेन्द्रकुमार खड्काले सम्झौतामा हस्तक्षर गरेका हुन् । प्रदेश नं १ भित्र उद्योग व्यवसायको विकास, रोजगारी सृजना र पर्यटन प्रवर्द्धन लगायत क्षेत्रमा सहकार्य गर्ने, प्रदेश सरकारले गठन गर्ने आर्थिक व्यवसायिक क्षेत्रसाग सम्बन्धित समिति, बोर्ड परिषद्मा नेपाल उद्योग वाणिज्य महासंघ १ नं प्रदेशलाई सहभागी गराउने ध्यान दिने, प्रदेशको आर्थिक व्यवसायिक विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने लगायतका विषय समझदारीमा समेटिएका छन् ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by