Mar 17, 2018

नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ (Confederation of Indian Industry - CII) बीच गठित संयुक्त आर्थिक परिषद (FNCCI-CII Joint Economic Council - JEC) को बैठक हिजो काठमाडौंमा सम्पन्न भयो ।  

होटल हायत काठमाडौंमा सम्पन्न बैठकमा एफएनसीसीआईका तर्फबाट महासंघका अध्यक्ष भवानी राणाले नेतृत्व गर्नुभएको थियो भने सीआईआईका तर्फबाट अंकुल भट्नागर (Mr. Anukool Bhatnagar, Chairperson from Indian Side, Managing Director & Chief Executive Officer, Nepal SBI Bank Ltd.) ले नेतृत्व गर्नुभएको थियो । बैठकमा परिषदमा मनोनित नयाँ सदस्यहरूको परिचय समेत गराइयो । 

सो अवसरमा अघिल्लो बैठकको समिक्षाका साथै नेपाल-भारत बीचको आर्थिक तथा व्यापारिक सम्बन्ध बिस्तारका विषयमा छलफल भयो । बैठकमा महासंघका तर्फबाट नेपालमा बन्दै गएको आर्थिक व्यवसायिक एवं लगानीको वातावरण, आर्थिक विकासमा सरकार तथा राजनीतिक दलहरूबाट प्राप्त प्रतिवद्धताका विषयमा जानकारी गराउंदै दुबै देशबाट संयुक्त लगानीमा नेपालमा उद्योगधन्दाको विकासका लागि आग्रह गरियो । 

साथै बैठकमा संयुक्त लगानीको प्रवर्द्धन, नेपालको भारतसंग रहेको व्यापार घाटा न्यूनिकरण, सहकार्यका सम्भाव्य थप नयाँ क्षेत्रहरू, पछिल्लो पटक आयात निर्यातमा देखापरेका समस्या लगायतका विषयमा समेत विस्तृत छलफल भयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by