Mar 07, 2018
चिनीयाँ व्यवसायिक प्रतिनिधिमण्डल महासंघ सचिवालयमा  महासंघ र चीनको लिन्यी ट्रेड सीटी एड्मिनिष्ट्रेटिभ कमिटी बीच समझदारी पत्रमा हस्ताक्षर (२०७४/११/२३)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणासँग  चीनको लिन्यी सीटी सीपीपीसीसीका उपाध्यक्ष ली चोङताओ (Mr Li Zongtao, Vice-Chairman of Linyi Committee of the CPPCC & Director of Linyi Trade City Administrative Commission) को नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डलले आज महासंघ सचिवालयमा भेटवार्ता गर्‍यो । चिनीयाँ प्रतिनिधिमण्डल भोलीदेखि काठमाडौंमा सुरू हुने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०१८ मा भाग लिने क्रममा नेपाल आएको हो । 

उक्त भेटवार्ताको अवसरमा महासंघ र लिन्यी ट्रेड सीटी एड्मिनिष्ट्रेटिभ कमिटी बीच आर्थिक व्यवसायिक क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर समेत भयो । समझदारीपत्रमा महासंघका अध्यक्ष भवानी राणा र लिन्यी सीटी सीपीपीसीसीका उपाध्यक्ष ली चोङताओले हस्ताक्षर गर्नुभयो । 

सहमति अनुसार दुई देश बीचको आर्थिक व्यवसायिक विस्तारमा दुवै संस्थाले सहकार्य गर्ने, सहकार्यका सम्भाव्य क्षेत्रहरू पहिचान गर्ने, लगानीका क्षेत्रहरूका बारेमा जानकारी गराउने, व्यवसायिक भ्रमणको आदान प्रदान गर्ने, दुबै देशमा व्यापार मेला लगायतका प्रवर्द्धनात्मक कार्यक्रमहरू आयोजना गर्ने, लिन्यी सीटीबाट नेपालमा व्यापार, लगानी, प्रविधि, सीप आकर्षणका लागि सहकार्य गरिने छ ।

सो अवसरमा अध्यक्ष राणाले अन्तर्राष्ट्रिय व्यापार मेलाको माध्यमबाट नेपालमा रहेका सम्भावनाहरूको खोजी गरी सहकार्यको हात अगाडि बढाउन नेपाल आएको चिनियाँ प्रतिनिधिमण्डललाई नेपालमा लगानीका क्षेत्रहरूका बारेमा जानकारी गराउनुभयो । नेपाल अब स्थिरता तर्फ अगाडि बढिसकेको जानकारी गराउनुहुँदै अध्यक्ष राणाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । नेपालमा यसअघि पनि धेरै चिनीयाँ कम्पनीहरूको लगानी रहेको र नेपाल एक व्यवसायिक नाफा कमाउन सकिने मुलुकको रूपमा स्थापित भैसकेको समेत अध्यक्ष राणाले स्पष्ट पार्नुभयो । साथै, अध्यक्ष राणाले महासंघ र लिन्यी ट्रेड सीटी एड्मिनिष्ट्रेटिभ कमिटी बीच आज सम्पन्न समझदारी आपसी व्यवसायिक सम्बन्ध विस्तारमा कोशेढुंगा हुने बताउनु भयो । 

उक्त भेटवार्तामा प्रतिनिधिमण्डलका टोली नेता लिन्यी सीटी सीपीपीसीसीका उपाध्यक्ष ली चोङताओ ले आफु व्यवसायिक सम्भाव्यता खोजीका लागि पहिलो पटक नेपाल भ्रमणमा आएको बताउनुभयो । सो अवसरमा उपाध्यक्ष लीले महासंघसंगको समझदारीपत्रमा हस्ताक्षर सहकार्यको सुरूवात भएको बताउनु भयो । 

महासंघका कार्यकारिणी समितिका सदस्यहरू, चिनीयाँ उद्यमी व्यवसायीहरू, महासंघका महासचिव सुरेश मान श्रेष्ठ लगायतका उपस्थित उक्त कार्यक्रममा चिनीयाँ व्यवसायीहरूले आफ्ना उद्योग धन्दा एवं उत्पादनको बारेमा प्रस्तुति मार्फत जानकारी समेत गराएका थिए ।

Video Clip on Facebook
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by