Feb 28, 2018

उद्योग वाणिज्य संघ - चितवनले आज संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनलाई राडर गन हस्तान्तरण गरेको छ । संघको संस्थागत उत्तरदायित्व अन्र्तगत रहि संघले जिल्लामा भइरहेका सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने कार्यमा सहयोग गर्ने उदेश्यले उक्त राडर गन हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा बोल्दै संघका अध्यक्ष श्री सहनलाल प्रधानले महानगरपालिका क्षेत्र लगायत चितवन जिल्लामा बढ्दो सवारी साधन संगसंगै भइरहेका सवारी दुर्घटनाले गर्दा ठुलो मानविय क्षति बेर्होर्नु परेकोले उक्त राडर गनले केहि हदसम्म भए पनि सहयोग पुग्ने विश्वास ब्यक्त गर्दै उक्त गनको समुचित प्रयोग हुने अपेक्षा ब्यक्त गर्नु भयो । कार्यक्रममा संघका निबर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघ ३ नं. प्रदेशका उपाध्यक्ष श्री राजन गौतमले भरतपुर क्षेत्रमा भएका सवारी दुर्घटनाले गर्दा मानविय सम्वेदनामा आघात पुग्नुका साथै शहर अव्यवस्थित समेत भएको हुनाले जिल्ला ट्राफिका प्रहरी कार्यालयसंग सहकार्य गर्दै दुर्घटनामा न्यूनिकरण गर्दै सचेतना जगाउने उदेश्य अनुरुप उक्त यन्त्र हस्तानान्तर गरिएको धारण व्यक्त गर्दै त्यसको समुचित प्रयोग र सुरक्षाका लागि अनुरोध गर्नु भयो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी निरिक्षक श्री सन्तोष पन्तले प्रत्येक बर्ष सवारी दुर्घटनाबाट ज्यानजानेको संख्यामा बृद्धी हुंदै गइरहेकोले आफु चिन्तित हुंदै आएको अवस्थामा संघले उक्त राडरगन हस्तान्तरण गरि सरकारले गर्न नसकेको काम संघले गरेकोमा संघ प्रति हार्दिक आभार व्यक्त गर्नु भयो । कार्यक्रममा उहांले उक्त यन्त्रको आवश्यकता महशुस गरि बिभिन्न संघ संस्थालाई सहयोगको अपिल गरेपनि उद्योग वाणिज्य संघ चितवनले उक्त मागलाई सहज रुपमा सम्बोधन गरेकोमा खुशी व्यक्त गर्दै यसको प्रयोगले दुर्घटना न्यूनीकरणमा महत्वपूर्णय योगदान रहने धारणा ब्यक्त गर्नु भयो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष्ँ श्री सहनलाल प्रधान तथा निबर्तमान अध्यक्ष एवम् नेउवामहासंघ प्रदेश नं. ३ का उपाध्यक्ष श्री राजन गौतमले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको उक्त राडर गनको मुल्य २ लाख ५० हजार पर्ने संघका कार्यक्रम अधिकृत निलबहादुर के.सी.ले जानकारी दिए । संघका अध्यक्ष सहनलाल प्रधानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संघका तृतिय उपाध्यक्ष भोजराज कौडालले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने संघका कार्यकारी निर्देशक गौरव खतिवडाले सञ्चालन गर्नु भएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by