Feb 06, 2018
महासंघका अध्यक्ष राणाद्वारा भारतीय वाणिज्य मन्त्री समक्ष नयाँ दिल्लीमा भेटवार्ता (२०७४/१०/२३)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले आफ्नो भारत भ्रमणका क्रममा त्यहाका वाणिज्य मन्त्री सुरेश प्रभुसंग हिजो नयां दिल्लीमा भेटवार्ता गर्नु भयो । 

भारतको उतराखण्डको देहेरादुनमा आयोजित दोस्रो "नेपाल-भारत व्यापार मेला तथा पर्यटन महोत्सव-२०१८" (2nd Indo-Nepal Trade Fair & Tourism Festival-2018)  समुद्घाटन समारोहमा भाग लिन त्यसतर्फ जानु भएकी महासंघका अध्यक्ष राणा र भारतीय वाणिज्य मन्त्री बीचको भेटवार्ताका क्रममा महासंघले आयोजना गर्न लागेको नेपाल-भारत आर्थिक सम्मेलन र दुई देश बीचको आर्थिक व्यवसायिक लगायतका विविध विषयमा छलफल भयो ।

सो अवसरमा भारतीय वाणिज्य मन्त्री प्रभुले नेपाललाई सवै प्रकारको सहयोग गर्न भारत सदैव तयार रहेको विश्वास दिलाउनु भयो । महासंघले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने विश्वास समेत उहांले अध्यक्ष राणा समक्ष दिलाउनु भयो ।   
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by