- Day-to-day Activities
- Press Release
- News Clippings
- Photo Archives
- Audio/Videos
- Notice/Announcements
- News feeds from Media
- FNCCI on Social Media
Releated Press Release
- मिति २०७५/१/६ मा जारी प्रेस विज्ञप्तीको केही बुंदामा अन्यथा हुन गएकोले थप स्पष्टता गरिएको (२०७५/०१/०७) | April 22, 2018
- सिण्डिकेट अन्त्य गर्ने सरकारको निर्णयको नेपाल उद्योग वाणिज्य महासंघद्वारा स्वागत (२०७५/०१/०६) | April 19, 2018
- –सम्माननीय राष्ट्रपति समक्ष महासंघ प्रतिनिधिमण्डलद्वारा भेटवार्ता– (मिति: २०७४/०१/०४) | April 17, 2018
- महासंघको साधारण सभाको दोस्रो सत्रलाई अर्थमन्त्रीबाट संवोधन - समृद्धिको पथमा लाग्न निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह (२०७४/१२/२९) | April 12, 2018
- प्रधानमन्त्रीबाट ५२ औं वार्षिक साधारण सभा समुद्घाटन - प्रादेशिक आर्थिक बहस कार्यक्रमले मुलुकभित्र आर्थिक समृद्धिको जागरण ल्यायो - प्रधानमन्त्री (२०७४/१२/२८) | April 11, 2018
भारत उत्तराखण्डको देहरादुनमा इण्डो–नेपाल व्यापार मेला कृषि तथा जडीवूटीमा आधारित उद्योगहरुमा संयुक्त लगानीका लागि महासंघका अध्यक्ष राणाद्वारा उत्तराखण्ड सरकार तथा निजी क्षेत्रलाई आग्रह (२०७४/१०/२२)
February 04, 2018

दोस्रो "नेपाल-भारत व्यापार मेला तथा पर्यटन महोत्सव - २०१८" (2nd Indo-Nepal Trade Fair & Tourism Festival-2018) भारतको उतराखण्डको देहरादुनमा शुरु भएको छ । नेपाल सरकार वाणिज्य मन्त्रालय/व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड, नेपाली राजदुतावास दिल्ली, नेपालस्थित भारतीय राजदुतावास र भारतको उत्तराखण्ड राज्य सरकारको सहयोग एवं कंचनपुर उद्योग वाणिज्य संघको आयोजनामा आयोजित मेलाको उत्तराखण्ड राज्य सरकारका मुख्य मन्त्री इन्द्रजित सिंह रावतले एक समारोहका बीच उद्घाटन गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको सभापतित्वमा आयोजित कार्यक्रममा विशिष्ट अतिथि नेपाल सरकारका वाणिज्य राज्य मन्त्री नरबहादुर चन्द हुनुहुन्थ्यो ।

अघिल्लो वर्षदेखि आयोजना हुन थालेको यो मेला निकासी योग्य बस्तुको पहिचान एवं बजार प्रबर्द्धन गर्ने, नेपालमा उत्पादित बस्तु/सेवाहरुको बजार प्रबर्द्धन, नेपालका पर्यटकीय सम्पदाहरुको प्रचार प्रसार, पर्यटकीय होटल, रिसोर्ट, टुर एण्ड ट्राभल्सलाई सहभागी गराई प्याकेज प्रवर्द्धन गर्ने, नेपाली उद्यमीलाई प्रतिस्पर्धी बनाउन सीप र ज्ञानको अनुभव आदान प्रदान गर्ने, उद्यमी व्यवसायीहरुलाई बजार पहुँचको अवसर प्रदान गर्ने र नेपाल भारत वीचको संस्कृति सम्बन्धलाई थप उजागर मुख्य उद्देश्य रहेको छ । महासंघको सदस्य कञ्चनपुर उद्योग बाणिज्य संघले निकासी जन्य एवं कृषि जन्य वस्तु भारत निकासीमा विस्तार गर्न गत वर्षदेखि देहरादूनमा मेला आयोजना गर्न लागेको हो । मेलामा ५६ वटा स्टलहरु मार्फत नेपाली कृषि उत्पादन, घरेलु तथा साना उद्योगहरुबाट उत्पादित वस्तुहरु प्रदर्शनी गरिएको छ ।
यस वर्षको मेलाको मुख्य आकर्षणमा नेपाली राष्ट्रिय तथा स्थानीय उत्पादन र सेवाहरु, पर्यटकिय क्षेत्रहरुको विस्तृत जानकारी, टुर एण्ड ट्राभल्स प्याकेज, नेपालका मुख्य मुख्य पर्यटकिय सम्पदाहरुको प्रचार प्रसार, नेपाली कला संस्कृतिको प्रदर्शनी/नेपाली खाद्य परिकारहरु रहेका छन् । मेलाको आयोजनाबाट खासगरी नेपाली वस्तुहरुको प्रचार प्रसार, देहरादुनसंग नेपालको ऐतिहासिक एवं धार्मिक सम्बन्ध अभिवृद्धि गर्न, आपसी व्यवसायिक भेटवार्ता र अन्तरक्रियावाट व्यवसायिक सम्बन्ध विस्तार, नेपाली वस्तुको प्रचार प्रसार एवं नेपाली वस्तु निकासीका लागि भारतीय व्यवसायीहरुसंग समन्वय गर्न तथा नेपाली सस्कृति, खाद्य परिकार, टुर एण्ड ट्राभल्सको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न निकै सहयोग पुगेको अनुभव आयोजक कंचनपुर उद्योग वाणिज्य संघको छ । आफ्ना सदस्य उद्योग वाणिज्य संघहरु मार्फत नेपालसंग सिमाना जोडिएका अन्य भारतीय प्रदेशहरुमा यस्ता मेलाहरु आगामी दिनमा गर्दै जाने योजना महासंघको रहेको छ ।

मेला उद्घाटन कार्यक्रमलाई संवोधन गर्नुहुंदै प्रमुख अतिथि उत्तराखण्ड राज्यका मुख्य मन्त्री रावतले नेपाल भारत बीचको सांस्कृतिक, पारिवारिक, धार्मिक, आर्थिक सम्बन्ध संसारमै एक अनुपम रहेको बताउंदै समग्र नेपालको समृद्धिमा भारत सदैव सहयोगी रहने विश्वास दिलाउनु भयो । उहाँले आफ्नो सरकारले नेपाल भारत बीचको यातायात व्यवस्थालाई सजह र सवल वनाउन निरन्तर कार्य गरीरहेको जानकारी गराउनु हुंदै उत्तराखण्ड र नेपाल बीचको धार्मिक सम्बन्ध निकै प्रगाढ रहेको समेत बताउनु भयो । अघिल्लो वर्षदेखि आयोजना हुंदै आएको यो मेलाले उत्तराखण्ड र नेपालको सिमा क्षेत्रका जिल्लाका उद्यमी व्यवसायी बीचको व्यवसायिक सम्बन्ध निकै मजवुद हुंदै गएको आफूले पाएको र आगामी दिनमा यसको निरन्तरताबाट आर्थिक, व्यापारिक सम्बन्ध र सहकार्यलाई उचाईमा पुर्याउन मेला कोशेढुंगा हुने उहांले विश्वास प्रकट गर्नुभयो । जुनसुकै समस्या एवं सहकार्यका लागि पनि आफू र आफ्नो सरकार तयार रहेको समेत उहांले जानकारी गराउनु भयो ।
विशेष अतिथि नेपाल सरकारका वाणिज्य राज्यमन्त्री चन्दले नेपाल भारत बीचको बढ्दो व्यापार घाटा कम गर्न नेपाली वस्तुहरुको भारत निर्यात बढाउनु पर्ने र यस्ता मेलाले सो कार्यका लागि सहयोग पुर्याउने विश्वास सरकारको रहेको बताउनु भयो । सरकारको यस प्रकारका प्रवर्द्धनात्मक कार्यक्रम मार्फत नेपाली उत्पादनहरुको निर्यात प्रवर्द्धन गर्ने नीति रहेको समेत उहाँले बताउनु भयो ।

कार्यक्रमका सभापति एवं महासंघका अध्यक्ष भवानी राणाले दुई देश बीच आयोजना हुने यस्ता मेला महोत्सवले नेपाल भारत बीचको आर्थिक व्यापारिक, धार्मिक तथा जनस्तरको सम्बन्धलाई अझ उचाई दिने धारणा राख्नु भयो । अध्यक्ष राणाले उत्तराखण्ड, नेपालीका लागि समेत पवित्रस्थल भएकाले नेपाल र उत्तराखण्ड बीच धार्मिक पर्यटन प्रवर्द्धनमा समेत निकै ठूलो सम्भावना रहेको बताउनु भयो । अध्यक्ष राणाले उत्तराखण्डमा अवस्थित देवस्थलहरु र हिन्दूहरुका आराध्यदेव पशुपतिनाथ, लुम्बिनी आपसी धार्मिक पर्यटन प्रवर्द्धनका महत्वपूर्ण आधार भएको बताउनु भयो । अध्यक्ष राणाले नेपाल र उत्तराखण्ड बीच संयुक्त रुपमा धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिनुहुंदै यस क्षेत्रलाई वौद्ध सर्किट र रामसीता सर्किटको रुपमा विकास गर्नुपर्ने सुझाव समेत राख्नु भयो ।
मेला महोत्सव केवल आर्थिक व्यवसायिक सम्बन्ध विस्तारका लागि मात्र नभई अन्तरदेशिय धार्मिक, सांस्कृतिक, भेषभुषा रहनशहन सहित आपसी अनुभव आदान प्रदानमा समेत महत्वपूर्ण हुने भन्दै महासंघले भारतीय सिमा क्षेत्रका अन्य शहरहरुमा पनि आगामी दिनमा यस्ता मेला महोत्सवको आयोजना गर्ने जानकारी गराउनु भयो । उत्तराखण्ड र नेपाल बीच कृषि क्षेत्रमा समेत सहकार्यको निकै ठूलो सम्भावना रहेको औल्याउनु हुँदै उहांले नेपालमा कृषि तथा जडीवूटीमा आधारित उद्योग संयुक्त रुपमा स्थापना गर्न सकेमा दुवै देशका जनता लाभान्वित हुने हुंदा यसमा विशेष सहयोग गर्न उत्तराखण्ड सरकार समक्ष अनुरोध गर्नुभयो । नेपाल अव स्थिरता र समृद्धितर्फ अगाडी बढी रहेको, सरकार पनि विदेशी लगानी आकर्षणमा निकै गम्भीर रहेको र ऐन कानून पनि वैदेशिक लगानी मैत्री रहेकाले कृषि, जलविद्युत, पर्यटन, उर्जा, साहसिक पर्यटन लगायतका क्षेत्रमा संयुक्त लगानीका लागि उत्तराखण्डका उद्यमी व्यवसायीहरु समक्ष अपिल गर्नुभयो ।

महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरु दिल सुन्दर श्रेष्ठ, हेमराज ढकाल, जयकुमार सिवकोटी, रविनकुमार श्रेष्ठ, शंकर वोगटी, नरबहादुर रावल, महासंघ सचिवालयका सहायक निर्देशक विदुरचन्द्र लामिछाने, नेपाल सरकारका अधिकारीहरु, दुवै देशका उद्यमी व्यवसायीहरु, उत्तराखण्डका विधायकहरुको उपस्थिति रहेको कार्यक्रममा कंचनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले मेला उत्तराखण्ड र नेपालको सुदुरपश्चिम क्षेत्रको विकासका लागि महत्वपूर्ण प्रयास भएको भन्दै यसबाट आपसी सम्बन्ध नयाँ उचाई तर्फ अगाडी बढीरहेको बताउनु भयो । उहांले मेलाको निरन्तरमा जोड दिंदै आगामी वर्ष मेला नेपालमा हुने बताउनु भयो ।
उत्तराखण्ड राज्यका विधायक कुमार इन्द्रजीत च्याम्पिएनले पनि वोल्नु भएको कार्यक्रममा संघका महासचिव जंगबहादुर रावलले धन्यवाद मन्तव्य दिनु भएको थियो । कार्यक्रम यही माघ २५ गतेसम्म चल्ने छ ।
For more information please download : FNCCI Presidents Remark 2nd Indo-Nepal Trade Fair n Tourism Festival 2018-0120pm1Feb (1).pdf
© Copyright 2005-2018 . All Rights Reserved. FNCCI.