- Day-to-day Activities
- Press Release
- News Clippings
- Photo Archives
- Audio/Videos
- Notice/Announcements
- News feeds from Media
- FNCCI on Social Media
Releated Member Press Release
- पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित व्यवसाय व्यवस्थापन तालीम समापन - सामान्य परिवर्तनले पनि व्यवसाय बिस्तारमा सघाउँछ | February 13, 2019
- पोखरा उद्योग वाणिज्य संघ ६५ औँ वर्षमा प्रवेश - अध्यक्ष अधिकारीद्धारा निजी क्षेत्रविरुद्ध हुने गतिविधीप्रति सचेत रहन आग्रह | February 08, 2019
- ब्याजदर घटाउन पोखरा उद्योग वाणिज्य संघको माग | February 06, 2019
- वैंक तथा वित्तिय संस्थाहरुबाट एकतर्फि रुपमा भएको व्याजदरको बृद्धी प्रति उद्योग वाणिज्य संघ-चितवनको गम्भिर ध्यानाकर्षण | February 05, 2019
- कोरियन प्रशिक्षकहरुको स्वागत तथा छलफल | February 03, 2019
३ वर्षे कार्ययोजना सहित संघको कार्यशाला गोष्ठी सम्पन्न ।
February 04, 2018

हेटौंडा, माघ २१ । मकवानपुर उद्योग वाणिज्य संघको आफ्नो त्रिबर्षीय विस्तृत योजना सहितको २ दिने गोष्ठी सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा चितवनको सौराहामा भएको सो कार्यक्रममा आधुनिक अतिथि गृह निर्माण, सचिवालयको आधुनिकीकरण, क्षेत्र विस्तार, औद्योगक महोत्सव, ग्रामीण पर्यटन प्रवद्र्धन, उद्यमशीलता विकास, समयसापेक्षा तालिम गोष्ठी, आन्तरिक एवम् वैदेशिक अध्ययन अवलोकन भ्रमण, सहकारी स्थापनालगायतको कार्यक्रमसहित आफ्नो तीन बर्षीय योजना तय गरेको छ ।
गत माघ १९ र २० गते भएको सो गोष्ठीमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गी, संघका सल्लाहकार भरत पराजुली, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष आनन्दराम पराजुली, अध्यक्ष सल्लाहकार नरोत्तम दहाल, संघका पदाधिकारी, कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । संघको कार्यशाला गोष्ठी प्रत्येक तीन बर्षमा हुँदै आएको छ ।
© Copyright 2005-2019 . All Rights Reserved. FNCCI.