Jan 21, 2018
मकवानपुर उवासंघद्वारा सभा सदस्यलाई मायाको चिनो प्रदान 

हेटौंडा, माघ ७ । सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौंडालाई तोकेसँगै मकवानपुरमा ३ नम्बर प्रदेशका १३ वटै जिल्लाका ११० जना प्रदेश सांसद मकवानपुरमा आईपुगेका छन् । आज माघ ७ गते हेटौंडाको क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा प्रदेश प्रमुख अनुराधा कोईरालाको समुपस्थितिमा ३ नम्बर प्रदेश सभा सदस्य मध्य जेष्ठ सदस्य डोरमणि पौडेलले १०९ जना सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन् । प्रदेश प्रमुख कोईरालाले सर्वप्रथम जेष्ठ सभा सदस्य पौडेललाई पद तथा गोपनीयताको सपथ खुवाएपछि पौडेलले सो सपथ अन्य सदस्यहरुलाई खुवाएका हुन् । 

यसैबीच हेटौंडामा आएका सबै साँसदहरुलाई मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरका धार्मिक, ऐतिहासिक स्थलहरु अंकित मायाको चिनो  प्रदान गरेको थियो । संघका अध्यक्ष कृष्ण कटुवाल सहित बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट, संघका अन्य पदाधिकारी, सदस्य लगायतले सभा सदस्यको स्वागत सहित सो मायाको चिनो सपथ ग्रहण स्थलमा वितरण गरेका हुन् । 

कार्यक्रममा जिल्लाका सबै सुरक्षा निकाय प्रमुख, स्थानीय प्रशासनका प्रमुखहरुको उपस्थिति रहेको थियो । बाजा गाजा सहित स्थानीय नागरिकहरुले उल्लासमय रुपमा हेटौंडामा प्रदेश सभा सदस्यहरुको स्वागत गरेका थिए । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by