Jan 08, 2018
म्यूजिकल नाइट–२०१८ सम्पन्न (मिति: २०७४/०९/२४)



नेपाल उद्योग वाणिज्य महासंघ चलचित्र तथा मनोरञ्ज फोरमद्वारा पौष २१ गते, शुक्रबार, हेटौंडामा “सांगितिक साँझ” कार्यक्रम आयोजना गरियो । 

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, कार्यकारिणी समितिका सदस्यहरु लगायतको उपस्थिति रहेको साँगितिक साँझमा नेपाली चलचित्र तथा गीतसंगीत क्षेत्रका कलाकारहरु आकास अधिकारी, स्वेता खड्का, दिपा श्री निरौला, सुष्मा कार्की, जीतु नेपाल, अन्जु पन्त, केदार घिमिरे, राजनराज शिवाकोटी, युवराज चौंलागाईं, सीता देवी घिमिरे लगायतका प्रख्यात कलाकारहरुले आ–आफ्नो क्षेत्रको कलाकारिता प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकारहरु नीर शाह, हरिहर शर्मा, सुनिल थापा, वरिष्ठ कोरियोग्राफर वसन्त श्रेष्ठको उपस्थिति रहेको थियो । 


कार्यक्रममा महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले महासंघले चलचित्र तथा मनोरञ्जन फोरमको पहलमा पहिलो पटक आयोजना गरेको साँगितिक साँझ लोक प्रिय बनेकोमा खुशी व्यक्त गर्नुहुँदै यस्ता कार्यक्रम आगामी दिनमा योजनाबद्ध रुपमा सात वटै प्रदेशमा गर्ने जानकारी समेत गरानुभयो। सोही अवसरमा उपाध्यक्ष श्रेष्ठले मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीहरुलाई खादा ओढाई बधाई एवं शुभकामना व्यक्त गर्नुभयो । 



चलचित्र तथा मनोरञ्जन फोरमका सभापति आकास अधिकारीले फोरमका पदाधिकारी एवं उक्त कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सदस्यहरुलाई परिचय गराए पश्चात शुरु गरिएको कार्यक्रम न्यूज २४ बाट साँझ ५ बजे देखि ७:३० बजेसम्म प्रत्यक्ष प्रसारण गरिएको थियो । उक्त अवसरमा कार्यक्रमलाई सफल बनाउन आर्थिक पक्षबाट सहयोग पुर्‍याउने मुख्य प्रायोजक, सह–प्रायोजक, प्रायोजक एवं सहयोगीहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरियो । 



नेपाली चलचित्र क्षेत्रको प्रवद्र्धन, गीतसंगीत र मनोरञ्जनका माध्यमबाट स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने साथै महासंघको दैवी प्रकोप राहत उद्धार कोषमा सहयोग गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम पहिलो पटक हेटौंडामा आयोजना गरिएको थियो । कार्यक्रममा क्षेत्रीय प्रशासक, प्रमुख जिल्ला अधिकारी, सरकारी निकायका प्रमुखहरु जिल्लाका सुरक्षा निकायका प्रमुखहरु साथै मकवानपुरका आसपासका  जिल्लाहरु चितवन, बारा, पर्सा रौतहटका गरेर करिब सात/आठ सय जना दर्शकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य प्रायोजकमा टेन्सवर्ग वियर, प्रायोजकमा सिताराम दूध र राजहंस तेल रहेको थियो भने सहयोगी कम्पनीहरुमा रूस्लान भोड्का, निक, युनिलिभर नेपाल, हेरिटज कार्पेट, मेरिगोल्ड ज्वयेलर्स, कसमस सिमेन्ट, टिएसएन विजनेस ग्रुप, यति पोलिकेम, महालक्ष्मी विकास बैंक रहेका थिए । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by