Jan 02, 2018

नेपाल उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरञ्जन फोरमको पहलमा मिति २०७४ पौष २१ गते, शुक्रबार, हेटौंडा रिगल रिसोर्ट पिप्ले, हेटौंडामा प्रशिद्ध नेपाली कलाकारहरुको सहभागितामा साँगितक साँझ कार्यक्रमको आयोजना गरिंदैछ । नेपाली चलचित्र, गीतसंगीत तथा मनोरञ्जनको माध्यमबाट स्थानीय आर्थिक गतिविधि विस्तारमा सघाउ पुर्याउने उद्देश्यका साथै महासंघको दैवी प्रकोप राहत उद्दार कोषको सहायोगार्थ साँगितिक साँझ कार्यक्रम आयोजना गरिएको हो । देशमा आइपर्ने प्राकृतिक विपत्तिका बखत महासंघका तर्फबाट राष्ट्रलाई सहयोग गर्न सकियोस् भन्ने पवित्र भावनाबाट महासंघमा एक दैवी प्रकोप राहत उद्धार कोष खडा गरिएको र सोही कोषमा जम्मा भएको सहयोग रकम मार्फत महासंघले विपत्तिका वखत राष्ट्रलाई आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्दै आएको छ । साँगितिक साँझ कार्यक्रममा सहभागिताका लागि टिकटको व्यवस्था गरिएकाले सोको लागि महासंघका सहायक निर्देशक श्री विदुरचन्द्र लामिछाने (९८५१२२२५६४) संग सम्पर्क राख्नु हुन अनुरोध छ । यहाँहरुबाट प्राप्त सहयोग हाम्रा लागि सदैव महत्वपूर्ण रहने छ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by