- Day-to-day Activities
- Press Release
- News Clippings
- Photo Archives
- Audio/Videos
- Notice/Announcements
- News feeds from Media
- FNCCI on Social Media
Releated Member Press Release
- पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित व्यवसाय व्यवस्थापन तालीम समापन - सामान्य परिवर्तनले पनि व्यवसाय बिस्तारमा सघाउँछ | February 13, 2019
- पोखरा उद्योग वाणिज्य संघ ६५ औँ वर्षमा प्रवेश - अध्यक्ष अधिकारीद्धारा निजी क्षेत्रविरुद्ध हुने गतिविधीप्रति सचेत रहन आग्रह | February 08, 2019
- ब्याजदर घटाउन पोखरा उद्योग वाणिज्य संघको माग | February 06, 2019
- वैंक तथा वित्तिय संस्थाहरुबाट एकतर्फि रुपमा भएको व्याजदरको बृद्धी प्रति उद्योग वाणिज्य संघ-चितवनको गम्भिर ध्यानाकर्षण | February 05, 2019
- कोरियन प्रशिक्षकहरुको स्वागत तथा छलफल | February 03, 2019
प्रादेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सवको तयारी तिब्र
December 19, 2017
लेखनाथ ४, कास्की
"महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन, विकास र संमृद्धि" भन्ने मुल नाराका साथ यहि माघ ११ गते देखि २२ गते सम्म डाडाकोनाक, तालचोकमा संचालन हुने प्रादेशिक औद्योगिक व्यापार मेला तथा १४ औं लेखनाथ महोत्सव २०७४ को तयारीको लागि मंगलबार महिला उद्यमी व्यवस्थापन उपसमिति र महिला/आमा समुह तथा संघ संस्था समन्वय उपसमितिको छुट्टाछुट्टै बैठक सम्पन्न भयो ।
महिला उद्यमी व्यवस्थापन उपसमितिका संयोजक मेनुका श्रेष्ठले लेखनाथका महिला उद्यमीबाट तयार पारिएका हस्तकलाका सामाग्र्री तथा कृषि सामाग्री सवै स्थानबाट बढि भन्दा बढि सहभागिता बनाउन सवैलाई अनुरोध गर्नुभएको थियो ।
त्यसैगरि महिला/आमा समुह तथा संघ संस्था समन्वय उपसमितिका संयोजक जानुका अधिकारी (पराजुली) ले बैठकको उद्देश्य माथि प्रकाश पार्नु हुदैं यस वर्षको लेखनाथ महोत्सवले महिला तथा आमा दिदिवहिनीहरुको प्रतिभा प्रस्फुतन गर्नका लागि के कस्ता कार्यक्रम आयोजना गर्ने सो का बारे सवैसँग राय सल्लाह माग्नुभएको थियो ।
बैठकमा लेखनाथ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष बलराम ढकालले प्रादेशकि औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव २०७४ को तयारी सम्वन्धी भएका गतिविधि सम्वन्धी वृस्तित जानकारी गराउनुभएको थियो । त्यसै गरि संघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य बावुराम गिरी, प्रथम उपाध्यक्ष छत्रधर आत्रेय, उपमहासचिव गोपिचन्द्र बास्तोला लगायतले लेखनाथ महोत्सवलाई भव्य बनाउन मातृशक्तिको ठुलो भुमिका रहेको वताउनुहुदै यस वर्षको महोत्सवलाई पनि भव्य र सब्य रुपमा सम्पन्न गर्न सवैलाइै आ आफ्नो स्थानबाट लाग्न आहवन गर्नुभएको थियो ।
© Copyright 2005-2019 . All Rights Reserved. FNCCI.