Dec 08, 2017
नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजना गरिने 
कर सम्बन्धी तालीम सञ्चालनका लागि प्रस्ताव आव्हान

करदाताहरुलाई कर सम्बन्धी जानकारी प्रदान गरी कर नियमको पालना प्रक्रियामा हुन सक्ने गल्तीहरु कम गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघले झापा, मोरङ, धनुषा, पर्सा, कास्की, सुर्खेत र कञ्चनपुर जिल्लालाई लक्षित गरी सम्बन्धित जिल्लामा गई कर सम्बन्धी तालीम सञ्चालन गर्ने कार्यक्रम रहेको छ । उक्त तालीम सञ्चालन गर्न इच्छुक चार्टर्ड एकाउण्टेण्ट् र रजिष्टर्ड अडिटर फर्म वा कम्पनीहरुबाट प्रस्ताव आव्हान गरिएको छ ।

कामको विवरण 
१.    (क) रु. पचास लाख सम्म कारोबार भएका करदाताहरुलाई लक्षित गरी माथि उल्लेखित प्रत्येक जिल्लामा एक दिनको तालीम प्रदान गर्नु पर्नेछ ।
    (ख) उपरोक्त तालीम प्रदान गर्न आवश्यक Training Manual तयार गरी सम्बन्धित निकायसंगको समन्वयमा अन्तिम रुप दिनु पर्नेछ ।
२.    (क) रु. पचास लाख भन्दा बढी कारोबार भएका करदाताहरुलाई उपरोक्त ७ जिल्ला मध्ये झापा, मोरङ, पर्सा र कास्की जिल्लामा कर सम्बन्धी ३ दिने तालीम प्रदान गर्नु पर्नेछ ।
    (ख) उक्त ३ दिने तालीमको लागि हाल महासंघमा भएको Training Manual पुनरावलोकन तथा अद्यावधिक गरी सम्बन्धित निकायसंगको समन्वयमा अन्तिम रुप दिनु पर्नेछ ।
३.    उपरोक्त दुवै प्रकारका तालीमहरूको स्वतन्त्ररुपमा स्थलगत सुपरीवेक्षण गरी आवश्यक सुझाव सहितको प्रतिवेदन यस महासंघमा उपलब्ध गराउनु पर्नेछ ।
४.    तालीम दिन छनौट भएको श्रोतव्यक्ति (Resource Person) महासंघद्वारा आयोजना गरिने Training Manual and Presentation Methodology सम्बन्धी दुई दिनको अभिमुखीकरण तालीममा अनिवार्य रुपमा सहभागी हुनुपर्नेछ ।
५.    फर्म वा कम्पनी तर्फबाट छनौट भई अभिमुखीकरणमा भाग लिइसकेका यस्ता व्यक्तिहरू छनौट भएको मितिदेखि कम्तीमा ४ महिनासम्मको अवधिको लागि तालीम सञ्चालन गर्न अनिवार्य उपलब्ध हुनुपर्नेछ ।
६.    तालीम सञ्चालन तथा सुपरीवेक्षण गर्न खटिएका व्यक्तिहरुको जातेआते, वसोवास तथा दैनिक भत्ता खर्च महासंघले व्यहोर्नेछ । 

आवश्यक योग्यता तथा शर्तहरुः
१.    बुंदा नं. एक (१) अनुसारको तालीम सञ्चालन गर्नका लागि कम्तिमा ५ वर्ष अनुभव भएको चाटर्ड एकाउण्टेण्ट वा रजिष्टर्ड अडिटरले प्रस्ताव पेश गर्न सक्ने छन् ।
२.    बुंदा नं. दुई (२) अनुसारको तालीम सञ्चालन गर्नका लागि कम्तिमा ५ वर्ष अनुभव भएको चाटर्ड एकाउण्टेण्ट फर्मले प्रस्ताव पेश गर्न सक्ने छन् ।
३.    स्थलगत सुपरीवेक्षणमा जाने व्यक्ति कम्तीमा ७ वर्ष अनुभव भएको चार्टर्ड एकाउण्टेण्ट हुनु पर्नेछ ।
४.    प्रस्तावकले फर्म दर्ता लगायत आयकर र मुल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाण पेश गर्नुपर्नेछ ।
५.    प्रस्तावकले उपरोक्त वमोजिम कार्य गर्न तोकिएका व्यक्तिहरुको नागरिकता, शैक्षिक योग्यता, तालिम तथा अनुभव सम्बन्धी प्रमाणपत्रको प्रतिलिपि र व्यक्तिगत विवरण (वायोडाटा) पेश गर्नु पर्नेछ ।

उपरोक्त शर्त बमोजिम कार्य गर्न इच्छुक फर्म वा कम्पनीले अनुमानित खर्च विवरण सहितको प्रस्ताव २०७४ पौष ७ गते भित्र नेपाल उद्योग वाणिज्य महासंघमा पेश गर्नुपर्नेछ । यसको अन्तिम निर्णय गर्ने अधिकार महासंघमा रहनेछ । विस्तृत जानकारीको लागि सम्पर्कः

नेपाल उद्योग वाणिज्य महासंघ
फोनः ०१-४२६१७५०, ४२६२२१८
मोवाइलः ९८०११९२५७१
E-mail: sita@fncci.org, fncci@fncci.org

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by