Nov 17, 2017
विश्व वजारमा सहज पहुँचमा इकमर्सको भूमिका विषयक प्रवचन (२०७४/०८/०१)

नेपाल उद्योग वाणिज्य महासंघद्वारा कम विकसित देशहरूलाई विश्व बजारसँग जो्डन इकर्सले कसरी फाइदा पुर्‍याउन सक्छ र कम विकसित देशहरूले यसबाट कसरी फाइदा उठाउन सक्छन् भन्ने विषयमा आज महासंघ सचिवालयमा एक छलफल कार्यक्रमको आयोजना गरियो । 

महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, महासंघको निर्यात प्रवद्र्धन समितिका सभापति मनिष कुमार अग्रवाल, महासंघका महासचिव सुरेश मान श्रेष्ठको सहभागितामा आयोजित कार्यक्रमका मुख्य वक्ताको रुपमा इन्ह्यान्स इन्टिग्रेटेड फेमवर्कका कार्यकारि निर्देशक डा. रत्नाकार अधिकारी (Executive Director of Enhanced Integrated Framework (EIF) Dr. Ratnakar Adhikari)  हुनुहुन्थ्यो । कार्यक्रममा कार्यकारि निर्देशक अधिकारीले How e-Commerce can help the Least Developed Countries to connect to the global market: the Nepalese perspective” विषयमा प्रवचन दिनु भएको थियो । 

आफ्नो प्रवचनका क्रममा अधिकारीले कम विकसित देशका उत्पादन तथा सेवाको विश्व बजारमा सहज प्रवेशका लागि आइपर्ने समस्या, चुनौती तथा अवसरका विषयमा जानकारी समेत गराउनु भयो । आफ्नो प्रवचनका क्रममा अधिकारीले नेपालको वर्तमान आर्थिक अवस्था, उत्पादन तथा सेवाको यथार्थ वस्तुतथ्य तथा विश्व बजारमा नेपालको सहज पहुँचका अवसर तथा चुनौतीका विषयमा समेत प्रकाश पार्नुभयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by