Oct 31, 2017
महासंघ र अष्ट्रियन फेडेरल इकोनोमिक चेम्बर बीच सम्झौता (२०७४/०७/१४)
नेपाल उद्योग वाणिज्य महासंघ र अष्ट्रियन फेडेरल इकोनोमिक चेम्बर (Austrian Federal Economic Chamber) बीच आज एक समारोहका बीच द्धिपक्षीय सहमती पत्रमा हस्ताक्षर सम्पन्न भयो । नेपाल र अष्ट्रियाको आर्थिक सम्बन्ध सवलीकरण तथा विकासलाई महत्व दिन उक्तसम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

उद्योगमन्त्री सुनिलबहादुर थापाको प्रमुख आतिथ्यतामा आयोजित Nepal—Austria Economic Forum  को कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणा र अष्ट्रियन फेडेरल इकोनोमिक चेम्बरका उपाध्यक्ष रिचार्ड सेन्च (Vice President of Austrian Federal Economic Chamber Mr. Richard Schenz) ले उक्त सहमतीपत्रमा हस्तारक्षर गर्नुभयो । उक्त सम्झौता पत्रमा द्विपक्षीय व्यापार, लगानीका अवसर तथा औद्योगिक विकास, प्रविधि हस्तान्तरण, व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, लगानी तथा व्यापारिक सूचनाको आदानप्रदान जस्ता विषयहरुमा दुई संस्थाबीच सहकार्य गर्ने कुरा उल्लेख गरिएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उद्योगमन्त्री थापाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको बताउनु भयो । नेपाल भ्रमणमा रहेका अष्ट्रियन उद्योगी व्यवसायीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह समेत गर्नुभयो । मन्त्री थापाले नेपाल र अष्ट्रियाबीच औद्योगिक ज्ञान, सीप तथा प्रविधिलाई आदानप्रदान गर्नुपर्नेमा जोड दिदै दुई देशबीचको सम्बन्धलाई विस्तार गर्न द्विपक्षीय उच्च भ्रमण हुनुपर्नेमा जोड दिनु भयो । 

महासंघका अध्यक्ष राणाले नेपालको राजनीतिक अवस्था सुधारोन्मुख रहेको र विकसित राजनीतिक अवस्थाले नेपाली लगानीकर्ताको मनोबल वृद्धि भई नेपालमा लगानी बढिरहेको बताउनु भयो । यसैगरी अध्यक्ष राणाले नेपाल सरकारले निजी क्षेत्रको विकासलाई विशेष महत्व दिदै दास्रो चरणको आर्थिक सुधार कार्यक्रम कार्यान्वयन गरिरहेको र नेपालमा लगानीको उच्चतम प्रतिफल प्राप्त हुने विश्वास दिलाउनु हँुदै नेपालमा लगानीका लागि आग्रह गर्नु भयो । 

अष्ट्रियन फेडेरल इकोनोमिक चेम्बरका उपाध्यक्ष रिचार्ड सेन्च (Vice President of Austrian Federal Economic Chamber Mr. Richard Schenz) ले लगानीका लागि नेपाल उपयुक्त स्थान भएकोले आफ्नो देशका उद्योगीहरू लगानी गर्न आतुर रहेको उल्लेख गर्दै लगानीलाई आगामी दिनमा थप विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा चन्द्रकान्त पौडेलले राजनीतिक तथा नीतिगतरूपमा पनि नेपालमा लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको बताउँदै कृषि, ऊर्जा तथा सेवा क्षेत्रमा लगानी को  निकै राम्रो अवसर रहेको स्पष्ट पार्नुभयो ।

यसैगरी नेपालका लागि अष्ट्रियाका राजदूत ब्रिजीट ओपिङ्गर (Austrian Ambassador to Nepal Ms. Brigitte Oppinger-Walchshofer)ले आफ्नो मुलुकका उद्योगी व्यवसायीलाई नेपालमा लगानी गरेर फाइदा लिन आग्रह गरिएको जानकारी गराउँदै आगामी दिनमा दुई देशबीचको आर्थिक सम्बन्ध अझ प्रगाढ भएर जाने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा उद्योग सचिव यामकुमारी खतिवडा, नेपाल टुरिजम बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशी, महासंघका कोषाध्यक्ष ज्ञानेन्द्र लाल प्रधान, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी लगायतका वक्ताहले नेपालको आर्थिक वातावरण तथा लगानीयोग्य सम्भावित क्षेत्रहरूको विषयमा कार्यक्रममा विस्तृत जानकारी गराउनु भएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by