Oct 11, 2017

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषदका सभापति चन्द्र प्रसाद ढकाल आज संसद श्रम सम्बन्ध समितिको बैठकमा सहभागि हुनुभएको छ । उक्त बैठकमा बैदेशिक रोजगारी एवं न्यूनतम पारिश्रमिक मिलानका विषयमा छलफल भयो ।

श्रम तथा रोजगार मन्त्री फर्मूल्लाह मन्सूर उपस्थित बैठकमा उपाध्यक्ष ढकालले संसदबाट पारित नयाँ श्रम ऐन र सामाजिक सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनु हुँदै ऐन कार्यान्वयनका लागि आवश्यक नियमावलीहरु यथाशक्य छिटो तयार गर्नुपर्ने धारणा महासंघको तर्फबाट राख्नु भयो । 

पारित ऐन कार्यान्वयन गर्नसके न्यूनतम पारिश्रमिक मिलानको समस्या स्वत: समाधान हुने धारणा राख्नुहुँदै उपाध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार र ट्रेड युनियनहरु संग सहकार्य गर्न तयार रहेको समेत बताउनु भयो । उपाध्यक्ष ढकालले पारित ऐन कार्यान्वयन हुन सके मुलुकमा औद्योगिक व्यवसायिक विकासले गति लिने विश्वास निजी क्षेत्रको रहेको बताउनुहुँदै स्वदेशमानै रोजगारी सृजना गरी वैदेशिक रोजगारीलाई न्यूनिकरण गर्नुपर्ने धारणा समेत सो अवसरमा राख्नुभयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by