Oct 09, 2017
 
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनलाई अज्ञात समूहबाट दिनदहाडै राजधानीको शान्तिनगरस्थित ओम शान्ति चोकमा आज गोली प्रहार गरी हत्या गरिएको समाचारबाट नेपाल उद्योग वाणिज्य महासंघ स्तब्ध भएको छ । उक्त घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै यस्ता बर्बर, आपराधिक कार्यको महासंघ घोर निन्दा एवं भत्र्सना गर्दछ ।

शान्तिको सास फेर्न पाइन्छ कि भन्ने आसमा रहेका आम नेपाली जनतामा यस बर्बर घटनाले पुन: एक पटक झस्काइदिएको छ, उद्यमी व्यवसायी त्रसिद हुन पुगेका छन् । सरकारलाई सबै भन्दा बढी राजस्व तिर्ने उद्यमी व्यवसायी वर्गनै असुरक्षित हुँदा निजी क्षेत्र अत्यन्त दु:खित भएको छ । जनताको सुरक्षा चासोमा सरकार गम्भीर नहुँदाको परिणामनै यो घटना भएको हाम्रो विश्लेषण छ । 

घटनामा संलग्न अपराधीहरूलाई तत्काल कानूनको कठघरामा ल्याई जनताले देख्ने गरी कानूनी कारवाही गर्न महासंघ नेपाल सरकार/सुरक्षा निकाय समक्ष गम्भीर आग्रह गर्दछ । घटनामा संलग्न अपराधीलाई हदैसम्मको कारवाही गर्न र मुलुक भित्र शान्ति सुरक्षाको अवस्था मजबुत भएको आभास दिलाउन महासंघ सरकारसंग जोडदार माग गर्दछ ।  

यस मर्माहत घडीमा शोकमा रहेको गौचन परिवारप्रति महासंघ हार्दिक समवेदना प्रकट गर्दै स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दछ ।  

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by