Aug 16, 2017

केही दिनदेखि अविरलरूपमा परेको वर्षाका कारण मुलुकको लगभग आधा भूभाग बाढी, पहिरो र डुवानमा परी विशेष गरी तराई क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति र भौतिक पूर्वाधारको नोक्सानी हुन गएको छ । देश असह्य पीडामा छ । बाढीको चपेटाका कारण आम जनता आफ्नो थातथलो छोडेर भोकभोकै ज्यान जोगाउन भौतारिरहेका छन् र कतिको उचित सुरक्षा, खाद्यान्न तथा औषधीको अभावमा ज्यान समेत गैरहेको छ । मुलुकनै प्राकृतिक विपत्तिको चपेटामा परेको यस कहाली लाग्दो अवस्थामा हामीले आआफ्नो स्थानबाट उचित सहयोग गर्नु हामी सवैको प्रमुख कर्तव्य हो । 

मुलुकलाई विपत पर्दा निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले अग्रस्थानमा रहेर समन्वयात्मक रुपमा सदैव सहयोग गर्दै आएको छ । संस्थागत सामाजिक दायित्वबाट निजी क्षेत्र सदैव अभिप्रेरित रहेको छ । अहिलेको यो विपतको घडीमा पनि महासंघले नेपाल सरकारको समन्वयमा देशैभर रहेको आफ्नो बलियो संजाल एवं अन्य सहयोगी संघ संस्थाहरुको समेत सहकार्यमा सहयोग अभियान अगाडी बढाईसकेको छ । विपतको यस घडीमा सवै प्रकारको सहयोग गर्न महासंघ तयार रहेको र नेपाल सरकारबाट पनि आफ्ना सवै प्रकारको संयन्त्र प्रभावकारी रुपमा परिचालन गरी पीडित जनताको उद्धार गर्न महासंघ सरकार समक्ष गम्भीर आग्रह गर्दछ । 

यसका लागि महासंघले बाढी प्रभावित जनताको सहयोगार्थ बैंक अफ काठमाडौंमा एफएनसीसीआई रिलिफ खाता संचालनमा ल्याएको छ । विपत्तिमा परेका जनताहरूको सहयोगार्थ उक्त बैंकमा रहेको FNCCI Relief Fund A/C N0: 012500000635  खातामा आआफ्नो क्षेत्रबाट सहयोग गर्न महासंघ अपिल गर्दछ । साथै अन्य जिन्सी (त्रिपाल, पानी निर्मलीकरण, औषधि, लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा आदि) सहयोग महासंघको टेकूस्थित सचिवालय वा प्रभावित जिल्लाका महासंघका सदस्य उद्योग वाणिज्य संघहरुमा बुझाउन सकिने छ । 

यस सम्बन्धमा विशेष कार्य गर्न २४ सै घण्टा खुला रहने गरी महासंघ भित्र कल सेन्टर स्थापना गरिएको र उक्त कल सेन्टरको टोल फ्री नम्वर १६६००-१०००१८ र टेलिफोन नम्वर ४२६७७०७ (विहान ११:०० देखि साँझ ६:०० बजे), मोवाइल नम्वरहरू ९८४१३२९३३५, ९८०११९२५६१, ९८५११२९९६९ र ९८४१६१२७०३ (२४ सै घण्टा) मार्फत सहयोग उपलव्ध गराई मानवीय सहायताको महासंघको अभियानमा सहकार्य गर्न महासंघ सवैमा हार्दिक अपिल समेत गर्दछ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by