Aug 09, 2017
चलचित्र निर्माता संघद्धारा महासंघका पदाधिकारीहरु सम्मानित मिति: (२०७४/४/२५)
नेपाल चलचित्र निर्माता संघले आज एक समारोहका बीच महासंघका पदाधिकारीहरुलाई सम्मान गरेको छ । नेपाल चलचित्र निर्माता संघद्वारा महासंघ सचिवालयमा आयोजित कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले महासंघका अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु उमेश श्रेष्ठ र चन्द्र प्रसाद ढकाल र कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई सम्मान गर्नुभयो । 

चलचित्र निर्माता संघको कार्यकारिणी समितिको ६ महिना पुरा भएको अवसरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष अधिकारीले संघले छ महिनाको अवधिमा सम्पन्न गरेका कार्यक्रम तथा भावी योजनाहरुका वारेमा जानकारी गराउनु भयो । सो क्रममा संघका अध्यक्ष अधिकारीले लामो समयको संघर्ष पश्चात नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा नेपाली चलचित्रले नेपाल सरकारबाट उद्योगको मान्यता पाउन सफलता उन्मुख रहेको जानकारी गराउनु हुंदै त्यसका लागि महासंघप्रति आभार व्यक्त गर्नुभयो । 

सम्मान पश्चात कार्यक्रमलाई महासंघका अध्यक्ष सहित पदाधिकारीबाट संवोधन समेत गरियो । सो अवसरमा महासंघको तर्फबाट पछिल्लो समयमा नेपाली चलचित्रले राम्रो प्रगति गरेकोमा सराहना समेत भयो । साथै महासंघका तर्फबाट नेपाल चलचित्रलाई अन्तराष्ट्रियस्तरको बनाउन संघ निरन्तर अगाडी बढ्ने विश्वास समेत प्रकट गरियो ।  तुलनात्मक रुपमा थोरै लगानीमा धेरै सफलता हासिल गर्न नेपाली चलचित्र    उद्योग सफल भएको भन्दै हाल नेपाली चलचित्र मनोरंजनको साधन मात्र नभई यसको बहुपक्षिय भूमिका रहेको समेत महासंघका पदाधिकारीहरुबाट व्यक्ति गरियो । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by