Aug 03, 2017
मानव संशाधन व्यवस्थापन–जापानी अनुभव विषयक गोष्ठी सम्पन्न (२०७४/४/१९)
नेपाल उद्योग वाणिज्य महासंघद्वारा मानव संशाधन र औद्योगिक विकासका लागि जापानी वाह्य संस्था (Overseas Human Resource and Industry Development Association-HIDA) एओटीएसको सहयोगमा काठमाडौंमा आयोजित दुई दिने मानव संशाधन व्यवस्थापन–जापानी अनुभव (Human Resource Management-Case Study of Japanese Companies) विषयक गोष्ठी आज सम्पन्न भयो । 

नेपाली कम्पनी, उद्योग प्रतिष्ठानहरुमा कार्यरत व्यवस्थापकहरुका लागि मानव व्यवस्थापनमा जापानी उद्योग प्रतिष्ठानहरुले अवलम्वन गर्ने तौरतरिकाहरु समेत मानव संशाधन विकासमा जापानी अनुभव आदान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न उद्योग प्रतिष्ठानहरु मेडिया, बैकिङ, उत्पादनमुलक, वहुराष्ट्रिय कम्पनीहरु,  अटोमोवाइल क्षेत्रबाट ४२ जना म्यानेजरहरुको सहभागिता रहेको थियो । 

गोष्ठी कार्यक्रमको समापन समारोहलाई संवोधन गर्नुहुंदै महासंघका उपाध्यक्ष एवं महासंघको रोजगारदाता परिषदका सभापति चन्द्र प्रसाद ढकालले तालीमबाट सिकेका कुरालाई आआफ्नो उद्योग प्रतिष्ठानमा प्रभावकारी रुपमा कार्यान्वयन गर्न सुझाव दिनु भयो । 

गोष्ठी कार्यक्रमबाट सहभागीहरुले मानव संशाधन व्यवस्थापनका विषयमा नयां ज्ञान हासिल गर्नुका साथै जापानले पछिल्लो पटक यस क्षेत्रमा अवलम्वन गरेका तौरतरिकाहरु हाम्रो सन्दर्भमा पनि लागू गर्न सकियो भने नेपाली उद्योग प्रतिष्ठानहरुले निकै ठूलो लाभ हासिल गर्न सकिने विश्वास समेत प्रकट गर्नुभयो । साथै उहांले उद्योग प्रतिष्ठानहरुको मागको आधारमा महासंघले यस्ता कार्यक्रमहरु आगामी दिनमा पनि गर्दै जाने विश्वास दिलाउनु भयो । सो अवसरमा प्रमुख अतिथि ढकालले सहभागी व्यवस्थापकहरुलाई प्रमाणपत्र समेत वितरण गर्नुभयो । 
 
समापन समारोहमा गोष्ठीका सहभागीहरुका अतिरिक्त जापानी प्राध्यापक युताका नाकाशीमा (Prof. Yutaka Nakasima) तथा टीम समेत सहभागिता रहेको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by