Jul 28, 2017
महासंघका पदाधिकारीहरू र जापानी उद्यमी व्यवसायीहरू बीच व्यावसायिक भेटवार्ता (२०७४/४/१२)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा सहित महासंघका पदाधिकारीहरु र नेपालका लागि जापानी राजदूत मसाही ओगावा (H.E.  Masashi Ogawa, Ambassador of Japan to Nepal), जापानी सांसदद्वय हिनाको टाकाहासी (Ms. Hinako Takahashi, Member of the House of Representative) र यूको नाकागावा सहित जापानको कृषि औजार, ड्राई क्लिनिङ व्यवसाय र भौतिक पूर्वाधार निर्माणस“ग सम्बन्धित जापानी उद्यमी व्यवसायीहरुको प्रतिनिधिमण्डलबीच आज काठमाडौंमा व्यवसायिक भेटवार्ता सम्पन्न भयो ।

सो अवसरमा महासंघका अध्यक्ष भवानी राणाले उक्त टोलीको स्वागत गर्नुहुंदै नेपालमा लगानीको वातावरण बन्दै गएकाले जापानी उद्यमी व्यवसायीलाई लगानीका लागि आग्रह गर्नु भयो । अध्यक्ष राणाले नेपालमा राजनीतिक वातावरण सुध्रंदै गएका कारण थुप्रै विदेशी लगानी भित्रिरहेको समेत बताउनु भयो । 

अध्यक्ष राणाले नेपालले जापानसंग सिक्ने धेरै विषयहरु भएको बताउनुहुंदै जापानी प्रविधि नेपालमा प्रयोग गरेर व्यवसाय गरेमा निकै नै लाभावित हुने समेत स्पष्ट पार्नुभयो । साथै, अध्यक्ष राणाले नेपालमा प्रचुर लगानीका सम्भाव्यताहरू रहेका र विशेष गरी कृषि, पर्यटन, उर्जा र पुर्वाधार लगायतको क्षेत्रमा लगानी गर्न आग्रह समेत गर्नुभयो । 

महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डिराज ढकाल, उपाध्यक्षद्वय उमेश लाल श्रेष्ठ र चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष्ँ ज्ञानेन्द्रलाल प्रधान, महासंघको कार्यकारिणी समिति सदस्यहरु दिनेश श्रेष्ठ, अजय मुडवरी, महासंघका महासचिव सुरेश मान श्रेष्ठ लगायतको उपस्थिति रहेको उक्त भेटवार्तामा जापानी कृषि औजार, ड्राइ क्लिनिङ व्यवसाय र भौतिक पूर्वाधार निर्माणको अनुभव, प्रविधि आदान प्रदानको सम्भावना लगायतका विषयमा छलफल भएको थियो । 
 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by