Jul 18, 2017

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज संघीय मामला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश कुमार थपलियासंग उक्त मन्त्रालयमा भेटवार्ता गर्यो । 

महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, कार्यकारिणी समितिका सदस्यहरु दिनेश श्रेष्ठ, नरेन्द्रकुमार खड्का, गुणनिधि तिवारी, हेमराज ढकाल, महासचिव सुरेश मान श्रेष्ठ सहभागी रहनु भएको उक्त भेटवार्तामा नयां संविधान अनुसार मुलुक संघीय संरचनामा गैसकेको सन्दर्भमा गठन भएका स्थानीय निकायहरु भित्र आर्थिक व्यवसायिक विकासमा महासंघले आफ्ना जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरु र महासंघका प्रदेश च्याप्टरहरु मार्फत महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास दिलाउनु भयो । 

साथै महासंघले मन्त्रालयले अगाडी सरेका नीति तथा कार्यक्रहरुमा सक्रियरुपमा सहयोग एवं सहकार्य गर्दै जाने प्रतिवद्धता समेत जनाउनु भयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by