Jul 17, 2017
महिला समितिको सीपमूलक तालिम आजबाट, सुमार्गीलाई संघको स्वागत ।

श्रावण २ । मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको आजबाट शुरु भएको २ महिने व्यटीपार्लर र १ महिने उलन सामग्री बनाउने तालिम हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मीना लामाले उद्घाटन गर्नु भएको छ । समितिकी सभापति निलम पाण्डेको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर लामाले उपमहानगरपालिकाले महिलाद्वारा सञ्चालित व्यवसायहरुको लगत संकलन कार्य अघि बढिसकेको र सबै लगत संकलन पछि महिला उद्यमीका लागि प्याकेजमै कार्यक्रम ल्याउन लागिएको जानकारी गराएकी छिन् । कार्यक्रम मन्तव्य राख्दै संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालले तालिम पछि यसैलाई व्यवसायको रुपमा अघि बढाउन प्रशिक्षार्थीहरुलाई आग्रह गरेका छन् । संघका महासचिव महेन्द्र राउतले यस्ता तालिमलाई मकवानपुर जिल्लाका अन्य स्थानमा समेत आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । 

उद्घाटन कार्यक्रममा महिला समितिका पदाधिकारी, सदस्य लगायतको उपस्थिति रहेको थियो । समितिकी सदस्य रीता वाईवाले सञ्चालन गरिएको कार्यक्रममा उपमेयर लामाले प्रशिक्षक द्वय रिना गौतम र निता श्रेष्ठलाई तालिम सामग्री हस्तान्तरण समेत गरेकी थिईन् । कार्यक्रमलाई उपसभापति रवीलक्ष्मी श्रेष्ठले समापन गरेकी थिईन् । न्युनतम शुल्क निर्धारण गरिएको तालिममा उलन सामग्रीका लागि २० जना र व्यटीपार्लरका लागि १५ जना प्रशिक्षार्थीहरु सहभागि रहेका छन् । 

यसै गरी संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा आफ्ना प्रर्व अध्यक्ष अरुणराज सुमार्गी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा मनोनित भएकोमा बधाई तथा शुभकामना कार्यक्रम गरेकोछ । बधाई कार्यक्रममा संघका अध्यक्ष न्यौपानेले महासंघमा जिल्लाको समग्र विकासका लागि दुबै जनाको भूमिका रहने बताउका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै सुमार्गीले निकट भविष्यमा महासंघ मार्फत व्यवसाय प्रबर्द्धनका लागि जिल्लाबाट विभिन्न स्थानको भ्रमणमा सहभागिता जनाउन आग्रह गरेका छन् । 

बधाई कार्यक्रममा पूर्व अध्यक्ष उत्तम शर्मा ढकाल, जीवन काजी माकजू, बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, कोषाध्यक्ष प्रमोद सिंह रानाभाट लगायतले कार्यकाल सफलताको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सचिव दिवस पराजुली, सन्तोष अर्याल, उज्वल चौलागाई, सल्लाहकार विजेन्द्र अग्रवाल, सदस्य दीपक शर्मा ढकाल, रेणु ज्ञवाली, काव्यमणी अधिकारी, शान्तिराम धिमाल, दीपक उप्रेती, अमृत दहाल, कार्यालय सचिव विवेक मानन्धर लगातको सहभागिता रहेको थियो । नेपाल उद्योग वाणिज्य महासंघमा यस अघि बर्तमान अध्यक्ष राजकुमार न्यौपाने केन्द्रीय सदस्यमा निर्वाचित भैसकेका छन् । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by