Jul 16, 2017
महासंघका अध्यक्ष राणा समक्ष ग्रीस राजदूतावासका उच्च अधिकारीद्वारा भेटवार्ता (२०७४/०४/०१)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा समक्ष नेपालका लागि ग्रीस दुतावासका उच्च अधिकारी Mr. Vassilios Skronias, Plenipotentiary Minister for Economic and Commercial ले असार ३० गते महासंघ सचिवालयमा भेटवार्ता गर्नुभयो । 



महासंघको कार्यकारिणी समितिका सदस्यहरु भरतराज आचार्य, ज्योत्साना श्रेष्ठ र प्रवलजंग पाण्डे, महासचिव सुरेश मान श्रेष्ठ, उपमहासचिव उमाकान्त पराजुली उपस्थित रहनु भएको उक्त भेटवार्तामा नेपाल ग्रीस बीचको आर्थिक व्यवसयिक सम्बन्ध, संयुक्त लगानीका सम्भावना, निजी क्षेत्र बीच सम्पर्क स्थापना, व्यवसायिक भ्रमणको आदान प्रदान, आयात निर्यातका सम्भाव्यता अध्ययन, महासंघ र ग्रीस चेम्वर अफ कमर्स बीच सम्पर्क स्थापना लगायतका विविध विषयमा छलफल भयो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by